२४ श्रावण २०८३, आइतबार | August 10, 2026

नेपालको मतदाताको संख्या १ करोड ८१ लाख ४८ हजार ६५४, पाँच महिनामा थपिए १२ हजार १२४ मतदाता



काठमाडौं । निर्वाचन आयोगले चैत्र मसान्तसम्म १८ वर्ष पुगेका बालिक मतदाताको मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका मतदाताहरुको अन्तिम नामावली प्रकाशित गरेको हो ।

आयोगले मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि आयोगको वेवसाइटमाप्रकाशितगरी अनलाइन तथा निर्वाचन कार्यालय मार्फत नामावलीमा त्रुटिभएको भए सच्याउन, कुनै व्यक्तिको विरोधमा उजुरी दिनु पर्ने भए उजुरी दिन, कुनै मतदाताको एक भन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा मात्र नाम कायम राख्न तथा मृत्यु भएका एवम् नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउने गरी सूचना प्रकाशित गरेको थियो। तोकिएको सम्पूर्ण प्रक्रिया पूरा भएकोले आयोगबाट आज अन्तिम मतदाता नामावली प्रकाशन गरेको आयोगले जनाएको छ ।

प्रकाशित नामावली अनुसार नेपालमा महिला मतदाता ८९ लाख १० हजार ८९६, पुरुष मतदाता ९२ लाख ३७ हजार ५७२ तथा अन्य मतदाता १८६ गरी चैत्र मसान्तसम्म जम्मा १ करोड ८१ लाख ४८ हजार ६५४ जनाको मतदाता नामावलीमा अन्तिम मतदाता नामावली कायम भएको छ।

यसअघि गत कार्तिक २६ गते प्रकाशित मतदाता नामावली अनुसार महिला मतदाता ८९ लाख ३ हजार १९७, पुरुष मतदाता ९२ लाख २५ हजार ४४८, अन्य मतदाता १८७ गरी जम्मा १ करोड ८१ लाख २८ हजार ८३२ मतदाताको अन्तिम मतदाता नामावली कायम भएको थियो। विगतमा प्रकाशित मतदाता नामावलीभन्दा हाल प्रकाशित मतदाता नामावलीमा अन्य मतदाता एक जना घटी १८६ कायम भएतापनि महिला मतदाता ७ हजार ६९९ र पुरुष मतदाता १२ हजार १२४ थप भई जम्मा १९ हजार ८२२ जना मतदाता थप भएको आयोगले जनाएको छ ।

मतदाता नामावलीमा नाम नभएका र नागरिकता प्राप्त गरेका व्यक्तिले मतदाता नामावलीमा नयाँ नाम दर्ता गर्ने तथा मतदाता नामावलीमा नाम भएका मतदाताले आफ्नो विवरण अद्यावधिक गर्नुपर्ने भएमा अनलाइन तथा सम्बन्धित निर्वाचन कार्यालय मार्फत निरन्तर रूपमा गर्न सकिने आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १० : ०१ बजे

महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा

काठमाडौं । नेपालको पहिलो कमेडी एक्ट बेस्ड रियालिटी शो ‘सुपर

बागलुङमा ग्यास खरिद गर्न परिचय खुल्ने कागजात अनिवार्य

बागलुङ । बागलुङमा सडकबाट बाडिदै आइएको ग्यास अब डिलरने नै

नेपाल–चीनबीच सम्बन्ध सुदृढीकरण गर्न शैक्षिक सहकार्यमा जोड

काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव अवसरमा आयोजित सेमिनारमा

पेस्तोलसहित तीन जना पक्राउ

काठमाडौँ । कपिलवस्तुको विजयनगर गाउँपालिका-४ जगदिशपुरबाट एक थान पेस्तोलसहित तीन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता