२ श्रावण २०८३, शनिबार | July 18, 2026

बुटवल जितगढीबाट खसी/बोकाको भन्दै बाख्रीको मासु बेच्ने मेराज पक्राउ



बुटवल । बुटवलको जितगढीबाट खसी बोकाको मासु भन्दै बाख्रीको मासु बेच्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका १ जितगढीका ३४ वर्षीय मेराज शाहलाई खसी बोका भन्दै बाख्रीको मासु बेच्ने गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका शाहले विभिन्न स्थानहरुबाट बाख्री खरिद गरि ल्याइ आफ्नै घरमा काटेर मासु पसलमा खसी बोकाको मासु भन्दै झुक्याएर बेच्ने गरेको प्रहरीले जनाएको छ ।

घरमै बाख्री काट्ने गरेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शाहको घरकोठा खानतलासी गर्ने क्रममा घरमै बाख्री काटी भुत्लाउदै गरेको अवस्थाको टाउकोसहित २९ के.जी. ३ वटा बोरामा रहेको काटेको मासु ४१ के.जी. र काटीफालेको बाख्रीको विभिन्न भागको अंगहरुको मासुको टुक्रा २ थान फेला परेको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले बताए ।

पक्राउ परेका शाहलाई कालो बजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ बमोजिमको कसुर शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट ७ दिन म्यादथप भई इलाका प्रहरी कार्यालय बुटवलबाट थपअनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार  १० : ३० बजे

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल

भारी वर्षाको पूर्वानुमानपछि काठमाडौं प्रशासनद्वारा ट्राभल अलर्ट जारी

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मनसुन सक्रिय बाढीपहिरो, डुवानको

बुटवलको राजमार्ग चौराहामा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु

बुटवल । बुटवलको राजमार्ग चौराहामा भएको सवारी दुर्घटनामा एक स्कुटी

अक्सफोर्ड माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ