६ असार २०८२, शुक्रबार | June 20, 2025

‘सगरमाथा संवाद’मा सोलुखुम्बुको थामेको आवाज सम्बोधन हुने : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको थामेलगायत क्षेत्रमा जलवायु परिवर्तनले ल्याएको समस्या ‘सगरमाथा संवाद’ मार्फत सम्बोधन गरिने बताएका छन ।

थामेमा भएको आरोही सम्मेलन र जलवायु संवादको घोषणापत्रसहितको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री ओलीले हिमालको फेदीमै पुगेर कार्यक्रम हुनु र समस्या केलाउनु प्रभावकारी काम भएको उल्लेख गरे । “सगरमाथा संवादमा थामेसहितका नेपालका हिमाली क्षेत्रमा देखिएका समस्यालाई प्राथमिकतासाथ उठाउँछु”, प्रधानमन्त्री निवास बालुवाटारमा थामे सम्मेलनको आयोजक संस्था ‘साथसाथै फाउण्डेशन’ले तयार पारेको प्रतिवेदन बुझ्दै उनले भने ।

शुक्रबारदेखि ३ दिनसम्म नेपाल सरकारले सगरमाथा संवाद आयोजना गर्न गइरहेको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले हिमालदेखि तराईसम्म जलवायु न्यायका लागि सरकार दृढ हुने धारणा राखे । जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको ‘साथसाथै’ संस्थाले केही साता अघि हिमपहिरोबाट प्रभावित क्षेत्रमा पुगेर अन्तरराष्ट्रियस्तरको सम्मेलन गरेको थियो । वन तथा वातावरण मन्त्रालयसहित तीनै तहका सरकारसँगको सहकार्यमा भएको उक्त सम्मेलनले थामेको पुनःस्थापना, परिपूरण र न्यायका लागि विभिन्न निष्कर्ष निकालेको थियो ।

प्रतिवेदन बुझाउँदै ‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले नेपाललाई जलवायु न्याय दिलाउनका लागि अन्तरराष्ट्रिय रुपमा पहलकदमी गर्न प्रधानमन्त्री ओलीले देखाएको तदारुकता प्रशंसनीय भएको बताए । थामे सम्मेलनलाई सरकारले सगरमाथा संवादको प्रि-इभेन्टका रुपमा मान्यता दिएको थियो । सगरमाथा संवादको पूर्वसन्ध्यामा उक्त सम्मेलन परिणाममुखी हुने भन्दै प्रधानमन्त्री ओलीले लिखित सन्देशसमेत पठाएका थिए ।

अध्यक्ष कार्कीको नेतृत्वमा भएको आरोही सम्मेलनमा कतारकी राजकुमारी आश्मा अल थामीसहित चर्चित सगरमाथा आरोही र जलवायु विज्ञ समेत सहभागी भएका थिए । थामेमा रक्षामन्त्री मानवीर राई र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसमेत सहभागी भएका थिए । सम्मेलनले थामेसहित जलवायुपीडित खुम्बु क्षेत्रको न्यायमा केन्द्रित रहेर पाँचबुँदे घोषणापत्र जारी गरेको थियो ।

“थामेमा गरिएको कार्यक्रम सगरमाथा संवादप्रति स्थानीय सहभागितासहितको सन्देश हो, जुन नीतिगत संवादसँग जोडिएको छ । यसले जलवायु सङ्कटको समाधान केबल सम्मेलनमा मात्र होइन, स्थानीयस्तरमा पनि खोजिनुपर्छ,” उक्त प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष कार्कीले सरकार र समुदायबीच सेतु बन्ने उद्देश्यअनुसार थामेमा कार्यक्रम गरिएको र आगामी दिनमा सरकारी नीति तथा जनताको आवाजलाई सँगसँगै अघि बढाउने गरी काम गर्ने बताए ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ७ : २५ बजे

आँपको सुवासले मगमगाइरहको छ सिरहा, चिस्यान केन्द्र नहुँदा समस्या

सिरहा । यो आँप पाक्ने याम हो । सिरहाका बजारमा

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

ओखलढुङ्गा । मोलुङ गाउँपालिकाले तिम्ल्याहा शिशु जन्माएकी एक आमालाई रु

संविधान संशोधनको विषय फण्डा जस्तो भएको छ : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

त्रिदेशीय टी-२० सिरिज : अन्तिम खेलमा नेपाल आज स्कटल्यान्डसँग भिड्दै

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा आज नेपालले आयोजक

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन

वीरगञ्ज । आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष २०८१/८२