१० बैशाख २०८३, बिहिबार | April 23, 2026

राजस्व चुहावट गरेको अभियोगमा दधिराम खरेल र जगन्नाथ खनाल विरुद्ध मुद्दा दायर



बुटवल । बुटवलमा महङ्गा गाडीका पार्टस्को कारोबार गर्दै आएका प्रतिष्ठित व्यवसायीविरुद्ध राजस्व चुहावट गरेको अभियोगमा आज मुद्दा दायर भएको छ ।

राजस्व अनुसन्धान कार्यालय, बुटवलको अनुसन्धान तथा तहकीकातबाट रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, शुभलक्ष्मी पथका जगनन्नाथ खनाल र तिलोत्तमा नगरपालिका–४ नयाँमिलका दधिराम खरेललविरुद्ध राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको कार्यालय प्रमुख, प्रमुख राजस्व अधिकृत विवेक घिमिरेले जानकारी दिए ।

राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत राजस्व चुहावटसम्बन्धी कसूरमा अनुसन्धान गर्दा विपक्षी खरेल र साझेदारविरुद्धको उक्त कसुर पत्ता लगाएको हो । उनीहरुले सञ्चालन गर्दै आएको शुभलक्ष्मी अटो लिङ्क प्रालिका सञ्चालक खनाल र खरेलविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २० (६) बमोजिम मुद्दा दायर गरेको विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खरेल पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष हुन् । उनले आफूहरु सञ्चालक रहेको फर्मबाट गाडीका महँगा पार्टसहरु राजस्व छली गरेर ल्याउने र बिक्रीवितरण गर्ने गरेको पाइएको छ ।

शुभलक्ष्मी अटो लिङ्क प्रालीको आफ्नै वर्कशप र गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बीलबिजक, खरिद खाता, बिक्री खातालगायत अन्य आवश्यक कागजात तथा मालवस्तुको अध्ययन तथा अनुसन्धान गर्दा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ४ (छ) र (झ) बमोजिमको कसूर गरेको पुष्टि भएकाले उनीहरु लाई ऐनको दफा २ (छ १) बमोजिम चुहावट भएको भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकरसहितको बिगो रु ७२ लाख ११ हजार ३०० कायम गरी ऐनको दफा २३ (१) बमोजिम बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवानासहित रु एक करोड ४४ लाख २२ हजार ६०० मात्र असुलउपरगरी हदैसम्मको कैद सजायको मागदाबी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरुविरुद्ध अदालतमा आजै भएको थुनछेक बहसपछि मुद्दामा पेस भएका प्रमाणका आधारमा प्रतिवादीहरु कसुरदार होइनन् भन्ने अहिले नै भन्न नसकिने ठहरसहित विशेष अदालत ऐन २०४९ को दफा ७ ‘घ’ बमोजिम प्रतिव्यक्ति रु २० लाख धरौटीमा छाड्ने आदेश भएको राजस्व अधिकृत घिमिरेले जानकारी दिए ।

राजस्व छलीमा संलग्न रहेको भन्दै रुपन्देहीमा राजस्व अनुसन्धान कार्यालयले विभिन्न व्यावसायिक प्रतिष्ठान तथा प्रतिष्ठित व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलले त्यस्ता व्यक्ति तथा प्रतिष्ठानउपर राजस्व चुहावटमा अनुसन्धान गरी अदातलमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ९ : ५७ बजे

खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

खोटाङ । यहाँको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोग

काठमाडौं । काठमाडौं महानगरपालिकाको आर्थिक तथा नेपाल रेडक्रस सोसाइटी काठमाडौं

मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

इलाम । विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा

वीरगञ्ज हुँदै ७९ अर्ब ५४ करोडको वस्तु तथा सामान निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आवको नौ महिनामा रु

नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु

नवलपरासी । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को अधिकांश स्थानीय तहले नियमित पठनपाठन सुरु