२८ बैशाख २०८३, सोमबार | May 11, 2026

तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते



लमजुङ । नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दल लमजुङको जिल्ला अधिवेशनमा खुकुरी प्रहारबाट चारजना घाइते भएका छन् । लमजुङ बेँसीसहर नगरपालिका-८ स्थित प्रगतिटोल आमा समूह भवनमा आयोजित कार्यक्रममा शनिबार तरुण दलको पाँचौँ जिल्ला अधिवेशनको उद्घाटनसत्रमा खुकुरी प्रहार भएको हो ।

घाइते हुनेमा बेँसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजङ्ग गुरुङ, नेपाली कांग्रेस लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजङ्ग बस्नेत, नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

घाइतेमध्ये खुसीजङ्ग र सुदीपलाई सियमी चितवन मेडिकल कलेज भरतपुर लगिएको छ । प्रतिनिधि छनोट विवादका कारण झगडा हुँदा उनीहरुमाथि खुकुरी प्रहार भएको हो । दुई समूहबीच झडप हुँदा उनीहरु घाइते भएको प्रहरीले जनाएको छ । पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्नेलगायत विषयमा उनीहरुबीच विवाद भएको बताइएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ६ : ३० बजे

राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति

विपद्बाट यसवर्ष १९ लाख बढी प्रभावित हुन सक्ने अुनमान

काठमाडौँ । यसवर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने

सुशासनको साझा लक्ष्य प्राप्तिका लागि पूर्वाग्रहभन्दा माथि उठौँ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र

प्रतिनिधिसभा बैठक : आठ अध्यादेश पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न आठ अध्यादेश पेस भएका

मिडिया मन्थन तथा राष्ट्रिय सञ्चार सम्मेलन २०८३ बाट १५ बुँदे बुटवल घोषणापत्र जारी

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा सम्पन्न “मिडिया