७ आश्विन २०८३, बुधबार | September 23, 2026

संगठन सुदृढीकरण र समाजवादी अर्थतन्त्र निर्माणमा जुट्न प्रचण्डको आग्रह



दैलेख। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति दैलेखको पूर्ण बैठक शुक्रबार रामपुरस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। बैठकमा जिल्ला तहका नेताहरूले संक्षिप्त धारणा राखेपछि पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक राजनीतिक विषयमा सम्बोधन गरे ।

अध्यक्ष प्रचण्डले सम्बोधनको क्रममा जनयुद्धको योगदान, सहिद परिवारको बलिदान, वर्तमान राजनीतिक स्थिति र भावी कार्यदिशा सम्बन्धमा प्रकाश पारे । उनले भने, “दैलेखको भूमिले क्रान्तिको इतिहास बोकेको छ। अब यही भूमिमा समाजवादको आधारशिला निर्माण गर्न आवश्यक छ।”

उनले पछिल्लो समय कर्णाली पुल हुँदै दैलेख प्रवेश गरेपछि सहिद परिवारकोमा गरिएको भेट, राकममा आयोजित कार्यक्रम, तथा संगठनात्मक छलफलहरूमार्फत जनसम्बन्ध सुदृढ गरिएको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले विभिन्न पार्टीहरूसँग पार्टी एकता प्रक्रिया सकारात्मक दिशातर्फ उन्मुख रहेको बताउँदै विचार र राजनीतिक आधारमा टेकेर मात्र एकता गर्दा दीगो एकता सम्भव हुने धारणा व्यक्त गरे। “पार्टीको यथास्थितिमा परिवर्तन ल्याउने भनेको संगठन रूपान्तरण गर्नु हो,” उनले स्पष्ट पारे ।

उनले आत्मनिर्भर समाजवादी अर्थतन्त्र निर्माणको खाका प्रस्तुत गर्दै भने, “हामीले गहिरो अध्ययन र अनुसन्धानमार्फत समाजवादी अर्थतन्त्रको ढाँचा निर्माण गर्न थालिसकेका छौं। विज्ञ टोलीले त्यसमा कार्य गरिरहेको छ।”

अध्यक्ष प्रचण्डले सहिद तथा बेपत्ता परिवारको अपनत्व राज्यले नै लिने गरी शान्तिप्रकृया टुंग्याउनुपर्ने उल्लेख गर्दै सत्य निरूपण तथा बेपत्ता व्यक्तिहरू सम्बन्धी विधेयक दुवै सदनबाट पारित भई आयोग गठन भइसकेको जानकारी दिए । उनले सो आयोगले कामलाई पूर्णता दिएपछि पीडित परिवारलाई राज्यबाट प्रमाणपत्र वितरण, सार्वजनिक सेवामा समावेशीकरण र परिपूर्ति सुनिश्चित गर्ने प्रक्रियामा अघि बढ्ने बताए ।

दैलेखमा संगठन विस्तार, जनतामा राजनीतिक प्रभाव राम्रो रहेको उनले बताए।अब दैलेखमा निर्वाचन जित्ने सम्भावना प्रबल रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भित्री गुटबन्दी र आन्तरिक अन्तरविरोध हल गरेर अघि बढ्न निर्देशन दिए । ूयस अघिको निर्वाचनमा ६० जति पालिकामा जित सुनिश्चित हुने अवस्थामा समेत गुटबन्दीका कारण हामी पछि पर्यौं,” उनले भने।

उनले पार्टीभित्र स्वस्थ बहस र छलफलको संस्कृति विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै “स्वार्थ समूहको प्रभावमा पार्टीलाई अधोगतितर्फ लैजान नदिई संगठनलाई लेनिनवादी सिद्धान्तअनुसार अगाडि बढाउनुपर्ने” धारणा व्यक्त गरे।

अध्यक्ष प्रचण्डले पार्टीभित्र सबैका मतप्रति सम्मानसहित पार्टी भित्र एकमत कायम गर्दै एकताका लागि आफूहरू लगातार प्रयत्नशील रहेको र पार्टीले समग्र रूपमा देशको नेतृत्व गर्न सक्षम संगठन निर्माणमा ध्यान केन्द्रित गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ८ : २३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज