२९ पुस २०८२, मंगलबार | January 13, 2026

भन्सार छलेर भित्रिएका कृषि औँजार प्रहरीद्वारा बरामद



झापा । भन्सार छलेर भारतीय कन्टेनरमा भित्रिएको तीन करोड ६१ लाख मूल्य बराबरको कृषि औजार प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति विर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गबाट तीन भारतीय कन्टेनर जाँच गर्दा भन्सार छलेर अवैध रुपमा सामान भित्र्याइएको फेला पारेको निमित्त सूचना अधिकारी प्रवीण श्रेष्ठले बताए ।

उनका अनुसार काँकडभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीन वटा भारतीय कन्टेनरलाई प्रहरी टोलीले राजमार्गबाटै नियन्त्रणमा लिएको थियो ।

ती कन्टेनरभित्र बाली काट्ने मेसिन र त्यसमा प्रयोग हुने कृषि औजार रहेको थियो । बरामद अवैध सामान र कन्टेनरलाई आज आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। प्रहरीले सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रणका लागि पछिल्ला दिन निगरानी बढाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  १० : ४५ बजे

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित, भोलि निर्वाचन

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई

एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने

बुटवल । बुटवलमा भएको एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप