३ श्रावण २०८३, आइतबार | July 19, 2026

दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्ष उपाध्यक्षलाई प्रचण्डले गरे सम्मान



दैलेख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियान टोली दैलेखको भगवतीमाई गाउँपालिका, बेस्तडा पुग्दा पालिकाले विशेष स्वागत गरेको छ ।

सो अवसरमा कार्यसम्पादनको आधारमा देशभरका ७५३ स्थानीय तहमध्ये उत्कृष्ट ६ पालिकामा स्थान बनाउन सफल भएकोमा माओवादी केन्द्रले गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा र उपाध्यक्ष मिना थापालाई सम्मान गरेका छन् । अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित हुन् भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

त्यसैगरी, कर्मचारीतर्फ नायब सुब्बा (नासु) प्रेमबहादुर खड्कालाई समेत पालिकामा उल्लेखनीय कार्यसम्पादन गरेबापत सम्मान गरिएको छ।

अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्व, र अभियानको क्रममा देशभर प्राप्त भएको जनसमर्थन र सम्मानबारे प्रकाश पारे । उनले भने, “यो अभियान अब केवल एउटा पार्टीको मात्र नभई, राष्ट्रकै साझा अभियान बनिसकेको छ। जनस्तरबाट प्राप्त सकारात्मक प्रतिक्रियाले अभियानलाई राष्ट्रिय स्वरूप दिएको छ।”

उक्त अवसरमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाज तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  १० : ५१ बजे

औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, ४२ करोड अझै बक्यौता

काठमाडौँ । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार

श्रीलंका भ्रमण सफलतापूर्वक सम्पन्न गरी प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो, २७ करोडभन्दा बढी राजस्व सङ्कलन

चितवन । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा चितवन राष्ट्रिय

संसदमा भूमिका प्रभावकारी बनाउन एमालेद्वारा सांसदलाई प्रशिक्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी

‘लिन्याक मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब