४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रिय सभा उपाध्यक्ष घिमिरे चीन प्रस्थान



काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरे जनवादी गणतन्त्र चीनको ६ दिने औपचारिक भ्रमणका लागि आज अपराह्न चीनको शान्सी प्रान्तको सियान शहर तर्फ प्रस्थान गरेकी छन् । उपाध्यक्ष विमला घिमिरे ८ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी हुन् ।

मित्रराष्ट्र चीनको शान्सी प्रान्तको सियान शहरमा यही जेठ ५ गतेदेखि १० गतेसम्म आयोजना गरिएको शाङ्घाई सहयोग संगठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च र नवौं सिल्क रोड अन्तर्राष्ट्रिय प्रदर्शनी र पूर्व र पश्चिम चीन बीच सहयोगको लागि लगानी तथा व्यापार मञ्चको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । दुबै कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्नेछिन् ।

उनी संगै प्रतिनिधि सभा सदस्यद्वय दिनेशकुमार यादव र उर्मिला माझी र राष्ट्रिय सभाका सदस्यद्वय बेदुराम भुसाल र सुमित्रा बिसी, संसद सचिवालयका उपसचिव पुष्पप्रकाश मल्ल, शाखा अधिकृत नविन भट्टराई र उपाध्यक्षका स्वकिय सचिब प्रेमबहादुर सिंह प्रतिनिधि मण्डलमा सहभागी छन् ।

चीन भ्रमण सकेर जेठ १० गते प्रतिनिधि मण्डल स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, सोमबार  ३ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको