१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

चिनियाँ टोलीसँग द्विपक्षीय सहकार्यबारे छलफल



पोखरा । चीनको सिचुवान प्रान्तमा रहेको लुजाउ नगरका आर्थिक सहकार्य एवं परराष्ट्र मामिलाका उपप्रमुख चाङ जुहानसहितको प्रतिनिधिमण्डल र पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलबीच आज द्विपक्षीय भेटघाट एवं छलफल भएको छ ।

सङ्घको सचिवालय गैह्रापाटनमा भएको भेटघाट तथा छलफलमा द्विपक्षीय सहकार्य र संयुक्त लगानीको सम्भावना, व्यापार तथा पर्यटन प्रवर्द्धनलगायत विषयमा छलफल गरिएको थियो । छलफलमा चिनियाँ प्रतिनिधिमण्डलका प्रमुख चाङले लुजाउ नगर औषधि तथा मदिरा उत्पादनमा अग्रणी रहेको जानकारी दिए ।

त्यहाँका उत्पादित वस्तु नेपालमा निकासी गर्न तथा नेपालमा उत्पादित वस्तु चीनको बजारमा पुर्याउनका निम्ति पोखरा उद्योग वाणिज्य सङ्घसँग सहकार्य गर्न आफूहरू तयार रहेको उनले बताए ।

पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले अघिल्लो वर्ष निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सहमति कार्यान्वयन हुँदा गण्डकीबाट भैँसीको मासु तथा अमिलो फलफूल निर्यात गर्न सकिने सम्भावनाबारे जानकारी गराए। यी क्षेत्रमा चिनियाँ लगानी ल्याउन सकिने बताउँदै उनले पोखराको पर्यटन उद्योगलाई सघाउन चिनियाँ टोलीलाई आग्रह गरे ।

छलफलमा सङ्घका निवर्तमान अध्यक्ष पवनकुमार प्रजापति, महासचिव शोभा गौतमलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : १२ पुस २०८१, शुक्रबार  १० : ०१ बजे

एनपिएल : सुदूरपश्चिम रोयल्सविरुद्ध विराटनगर किङ्सको सहज जित

काठमाडौँ । विराटनगर किङ्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल०

रुपन्देहीमा भित्रियो फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका स्वास्थ्य उपकरण

बुटवल । रुपन्देहीको तिलोत्तमामा प्रबिधियुक्त फोर–डी, फाइभ–डी र इलास्टोग्राफी प्रविधिका

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति