२९ पुस २०८२, मंगलबार | January 14, 2026

काठमाडौंमा ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला’



काठमाडौं । विभिन्न चार देशका युवा सहभागी ‘दक्षिण एसिया क्षेत्रीय युवा कार्यशाला(२०२५’ आजदेखि सुरू भएको छ । डिल्लीबजारमा तीनदिनसम्म सञ्चालन हुने गोष्ठीमा नेपालसहित भारत, पाकिस्तान र ताजिकिस्तानका १६ देखि २५ वर्ष उमेर समूहका २६ जना युवा सहभागी छन् ।

कार्यशालामा दिगो भविष्यका लागि हरित उद्यमको महत्त्व बुझाउँदै नयाँ पुस्तालाई सशक्त बनाउने उद्देश्यसहित दक्षिण एसिया क्षेत्रीय युवा कार्यशालाको आयोजना गरिएको कार्यक्रम उपसंयोजक छिरिङ डोल्मा लामाले बताए ।

उनले भने, “कार्यशालाले युवालाई अन्तरराष्ट्रिय नागरिक समाज र सरकारी प्रतिनिधिलाई आफ्ना माग व्यक्त गर्न, दक्षिण एसियामा युवा सञ्जाललाई प्रवर्द्धन गर्न मञ्च प्रदान गरेको छ । यस कार्यशालाले हरित उद्यमको अवस्थाबारे जानकारी आदानप्रदान गर्नेछ ।”

उपसंयोजक लामाले ‘हरित उद्यम र युवा सशक्तिकरणः राम्रो भविष्यका लागि एक पहल’को नारासहित कार्यशालाको आयोजना गरिएको बताए । उनले जलवायु उत्थानशीलता, युवा सीप विकास र नीति पैरवीसम्बन्धी छलफलका साथै विविध विषयमा प्रस्तुतीकरण, अन्तरक्रियात्मक सत्र र नीति निर्माता तथा विज्ञहरूसँग छलफल गरिने जानकारी दिए ।

“हामीले अन्तिम दिन घोषणापत्र पनि सार्वजनिक गर्ने छौँ, जसलाई सम्बन्धित देशका युवाले सरोकार भएका मन्त्रालय वा हरित उद्यमसम्बन्धी काम गरिरहेका सरकारी निकायमा बुझाउनु हुनेछ । यसले हामीलाई अन्य राष्ट्रमा भइरहेका गतिविधि र कार्यका बारेमा जानकारी गराउने छ । यसबाट हामीले युवालाई हरित उद्यमको चुनौती, हरित उद्यममा कृतिम बौद्धिक (एआई)को प्रयोग, जलवायु परिवर्तन र यसका असरलगायत विविध विषयमा जानकारी दिनेछौँ”, उपसंयोजक लामाले भने ।

उक्त कार्यशालामा नेपालबाट १२, भारतबाट आठ, पाकिस्तानबाट चार र ताजकिस्तानबाट दुई जना युवा सहभागी छन् । बालबालिका तथा महिला सामाजिक सेवा र मानव अधिकार (सिविश) र टेरे डेस होम्स (टिडिएच) जर्मनीको सहकार्यमा आयोजना गरिएको उक्त गोष्ठी शनिबार समापन हुनेछ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहिबार  ४ : ३३ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौँ । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत