कोहलपुर । मालपोत कार्यालय कोहलपुरका एक कर्मचारीलाई अख्तियारले घुस बापत लिँदै गरेको रहकम सहित पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले मालपोत कार्यालय कोहलपुरमा कार्यरत हरि प्रसाद पाण्डेलाई घुस रहकम सहित नियन्त्रणमा लिएको स्रोतले दाबी गरेको छ ।
स्रोतका अनुसार सेवाग्राहीसँग तिवारी रेष्टुरेण्टमा लेनदेन भइरहेको सूचना आधारमा अख्तियारको टोलीले पाण्डेलाई नियन्त्रणमा लिएको बताइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जका प्रमुख उपसचिव गणेशबहादुर अधिकारीले कोहलपुरमा छापा मारिएको पुष्टी गर्दै पूरा विवरण भने कार्यालयमा ल्याइसकेपछि मात्र दिन सकिने बताए । स्रोतका अनुसार नमिलेको कागजात मिलाईदिने भन्दै नगद २० हजार सहित पाण्डेलाई अख्तियारको टोलीले रङ्गेहात नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया