१ श्रावण २०८३, शुक्रबार | July 18, 2026

एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडा अध्यक्षहरूको भेला हुदैँ



काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बागमती प्रदेशका निर्वाचित वडाअध्यक्षहरुको भेलालाई सम्बोधन गर्दै छन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बिहान ११ बजे प्रधानमन्त्री ओलीले भेलाको उद्ध्घाटन गर्नेछन्।

एमाले बागमती प्रदेश कमिटीले आज निर्वाचित वडाअध्यक्षहरुको भेला बोलाएको हो ।

ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाअध्यक्षहरु सहभागी हुने छन् ।

निर्वाचित जनप्रतिनिधिको सबैभन्दा तल्लो निकायका रुपमा वडाअध्यक्षहरुसँग एमाले र वर्तमान सरकारप्रति आम जनताको धारणा बुझ्ने र त्यसलाई सम्बोधन गर्न वडा तह देखि केन्द्रतहसम्म नै रणनीति बनाउने तयारी रहेको छ ।

बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईका अनुसार पार्टीको संगठन विस्तारका लागि जनताका अपेक्षाहरु संकलन गरेर त्यस अनुसार नीति तथा कार्यक्रम तय गर्नका लागि वडाअध्यक्षहरुको भेला बोलाइएको हो ।

भेलामा बागमतीका १० वटा जिल्लाबाट एमालेबाट निर्वाचित ३५९ जना वडाअध्यक्षहरु सहभागी हुनेछन् । भेला आज र भोललि सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ९ : २९ बजे

सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच नौ बुँदे सहमति भएको

स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोड बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष

काठमाडौँ । नेपाल टेलिभिजन (हाल, सार्वजनिक सेवा प्रसारण संस्था) को

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्न आदेश

काठमाडौँ । विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष

खजुरा क्यान्सर अस्पतालमा आजबाट लिक्विड अक्सिजन प्लान्ट संचालनमा

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा

खजुरा क्यान्सर अस्पतालका बिग्रेका उपकरणहरु राष्ट्रिय आविस्कार केन्द्रले मरमत गरिदिने

खजुरा । बाँकेको खजुरा स्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पताल