३१ भदौ २०८३, बुधबार | September 16, 2026

गणतन्त्र दिवसलाई उत्सवको रूपमा मनाउने एमाले सचिवालय बैठकको निर्णय



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने भएको छ । ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

सातदशक लामो बलिदानीपूर्ण सङ्घर्षको बलबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वानसमेत गरिएको उनले बताए ।

उक्त उत्सवमा सक्रिय सहभागिताका लागि बैठकले सबैलाई आह्वानसमेत गरेको छ । उक्त दिन उपत्यका बाहिर पार्टी कमिटीले पालिकास्तरमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय गर्दै बैठकले त्यसको तयारीमा जुट्न सबै मातहतका कमिटीलाई निर्देशन गरेको पार्टी महासचिव पोखरेलले जानकारी दिए ।

काठमाडौं उपत्यकाका हकमा उपत्यकाका पार्टी कमिटीको आयोजनामा सांस्कृतिक झाँकीसहित दिवसमा उत्सव आयोजना गरिने र त्यसका लागि झाँकीको संयोजन नेपाल जनसांस्कृतिक महासङ्घले गर्नेछ । सांस्कृतिक झाँकीको आवश्यक संयोजन पार्टी कार्यालयका तर्फबाट पनि गरिने छ ।

जनताको परिवर्तनको आकाङ्क्षालाई सम्बोधन गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र ऐतिहासिक उपलब्धि रहेको अवस्थामा गणतन्त्रलाई सबल र सुदृढ बनाउने कुरामा पार्टीले जोड दिने महासचिव पोखरेलले बताए । जनताको सम्प्रुभताविरुद्ध हुने कुनै पनि गतिविधि एमालेले स्वीकार नगर्ने भन्दै उनले गणतन्त्र जनताको सार्वभौम व्यवस्था भएको र त्यसलाई जनताको अधिकारका रूपमा स्थापित गर्ने काम भएको स्पष्ट पारे ।

“गणतन्त्रलाई अझ सबल र सुदृढ बनाउनुपर्दछ भन्ने कुरामा अगाडि बढ्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ । जनताको अधिकार रक्षा, जनताले पाएका उपलब्धिको संरक्षण र गणतन्त्रलाई उत्सवको रूपमा मनाउने कुरामा पार्टीको ध्यान केन्द्रीत छ”, महासचिव पोखरेलले भने ।

प्रकाशित मिति : ११ जेष्ठ २०८२, आइतबार  ७ : १६ बजे

ठमेलमा शान्ति भङ्ग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं

अलमलमा नपरी कांग्रेस महाधिवेशनमा जुट्न सभापति थापाको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज

रास्वपा सभापति लामिछानेले फेरि बोलाए सर्वदलीय बैठक, यस्ता छन् एजेन्डा

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज