२४ श्रावण २०८३, आइतबार | August 9, 2026

युवा संघको नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा थेबे र पुरी भिड्दै



पोखरा । नेकपा (एमाले)को भ्रातृसंगठन राष्ट्रिय युवा संघको नेतृत्वका आज मतदान हुँदै छ । निर्वाचन समितिले सूचना टाँस गर्दै बिहान ८ बजेदेखि मतदान हुने जनाएको छ ।

प्रमुख निर्वाचन अधिकृत मदनप्रसाद तिवारीले जारी गरेको सूचनाअनुसार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । विद्युतीय मेसिनबाट हुने मतदानलगत्तै मतगणना सुरु गरिनेछ । मतगणना सकिएपछि निर्वाचन परिणाम घोषणा हुनेछ । पोखरामा पहिलोपटक युवा संघको महाधिवेशन भएको हो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी १० औँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्न शुक्रबार (जेठ ९) उद्घाटनसत्रमा आग्रह गरेका थिए । सर्वसम्मत नभए स्वस्थ प्रतिस्पर्धा गर्न उनले निर्देशन दिएका थिए ।

उद्घाटनपछि बन्दसत्रबाट विभिन्न प्रतिवेदन पारित गरिएको छ । त्यसपछि नेताहरूले सर्वसम्मत नेतृत्व चयनको प्रयास थालेका थिए । वर्तमान अध्यक्ष क्षितिज थेबेलाई नै सर्वसम्मत अध्यक्ष बनाउन उनीहरू लागिपरेका थिए ।

युवा संघका इन्चार्ज राजीव पहारीदेखि पूर्वअध्यक्ष महेश बस्नेत, जनवर्गीय संगठनका इन्चार्ज भानुभक्त ढकाललगायत नेताहरू थेबेलाई नै सर्वसम्मत बनाउने प्रयासमा लागेका थिए । तर, हालका महासचिव सुमन पुरीले कुनै पनि हालतमा अध्यक्ष पद नछाड्ने अडान लिए ।

शनिबार साँझ थेबेदेखि पुरीसम्मका समर्थकले पोखरा सभागृहभित्र र बाहिर नाराबाजी गर्दै आफ्नो पक्षमा माहोल देखाउने प्रयास गरेका थिए । अरू पदका आकांक्षीले पनि सोही रणनीति अपनाउँदै नाराबाजी गरे । सर्वसम्मतको प्रयास असफल भयो ।

आइतबार (जेठ ११)सम्ममा युवा संघको नयाँ नेतृत्व चयन भइसक्नुपर्ने थियो । तर, सहमति सम्भव भएन । इन्चार्ज पहारीले सहमतिको प्रयास गर्दा केही बढी समय लागेको बताए ।

हालका उपाध्यक्ष महाराज गुरुङ, प्रकाश गौतम, कृष्णहरि केसी अध्यक्षको दौडबाट बाहिरिएका छन् । उनीहरू बाहिरिएसँगै थेबे र पुरी भिड्ने भएका छन् । थेबे महासचिव हुँदै संघको नवौँ महाधिवेशनबाट अध्यक्ष चुनिएका थिए । पुरी उपाध्यक्ष, महासचिव हुँदै हाल अध्यक्षमा दाबी गरिरहेका छन् ।

थेबेका पक्षमा ओलीदेखि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, भानुभक्त ढकाल, महेश बस्नेतलगायत नेता देखिएका छन् । पुरीलाई एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, संघका पूर्वअध्यक्ष रमेश पौडेल, वचनबहादुर सिंह, विनोद ढकाललगायत नेताको समर्थन छ ।

मतदाननिम्ति शनिबार राति ४५ वटा विद्युतीय मेसिन ल्याइएको छ । महाधिवेशनमा एक हजार ७५० प्रतिनिधि छन् ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  ७ : ३१ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको