२६ चैत्र २०८२, बिहिबार | April 10, 2026

राजनीतिक संरक्षणमा विमानस्थलमा लुटको धन्दा चलाइयो, गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले राजनीतिक संरक्षणमा विमानस्थलमा लुटको धन्दा चलाइएको आरोप लगाउँदै गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन हुनुपर्ने माग राखेका हुन् । उनले आयोग गठन नभएसम्म संसद बैठक चल्न नसक्ने बताए ।

गृहमन्त्रीले विवादित पृष्ठभूमिको सहसचिवलाई अध्यागमनमा पठाएको र अख्तियारले छानबिन गर्न खोज्ने वित्तिकै सरुवा गरेको जनाउँदै भने ‘कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न उसलाई सरुवा गर्ने ? अनुसन्धान कर्मचारीमात्रै नभई गृहमन्त्रीको पनि गर्नुपर्छ । तर, प्रहरीबाट हुने अनुसन्धानमा हामीलाई शंका छ ।’

उनले विगतमा नक्कली भुटानी शरणार्थी प्रकरण दबाइएको र हकारीको मुद्दामा सत्ता निकट सांसदहरुलाई बोलाएर चिया खुवाएर पठाएको जिकिर गर्दै गृहमन्त्री रहिरहेको अवस्थामा निस्पक्ष छानबिन हुन्छ भनेर विश्वास गर्ने आधार नभएको बताए ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  १२ : २३ बजे

पेट्रोलियम पदार्थको मूल्यमा भारी बृद्धि, खाना पकाउने ग्यासको मूल्य २०१०

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा पुनः भारी वृद्धि भएको छ

ट्रलीमा ठोक्किँदा मर्चवारीका पूर्ववडाध्यक्षको मृत्यु

बुटवल । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा आज साँझ भएको सवारी

बर्दियाका युवाहरुलाई आत्मनिर्भर, नवप्रवर्तनशील र दिगो भविष्य निर्माण गर्ने तालिम प्रदान

बर्दिया । युवा सशक्तीकरण तथा रूपान्तरण र नवप्रवर्तन परियोजना अन्तर्गत

खैरो हिरोइन र एक लाख ७२ हजार बढी नगदसहित एक युवक पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध (खैरो

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा