काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानविन गर्न उच्चस्तरीय छानबिन आयोगको माग गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै रास्वपाका सांसद शिशिर खनालले राजनीतिक संरक्षणमा विमानस्थलमा लुटको धन्दा चलाइएको आरोप लगाउँदै गृहमन्त्रीमाथि उच्चस्तरीय छानबिन हुनुपर्ने माग राखेका हुन् । उनले आयोग गठन नभएसम्म संसद बैठक चल्न नसक्ने बताए ।
गृहमन्त्रीले विवादित पृष्ठभूमिको सहसचिवलाई अध्यागमनमा पठाएको र अख्तियारले छानबिन गर्न खोज्ने वित्तिकै सरुवा गरेको जनाउँदै भने ‘कुनै निकायले प्रमाण जुटाउँदैछ भने प्रमाण जुटाउन दिने कि प्रमाण नष्ट गर्न उसलाई सरुवा गर्ने ? अनुसन्धान कर्मचारीमात्रै नभई गृहमन्त्रीको पनि गर्नुपर्छ । तर, प्रहरीबाट हुने अनुसन्धानमा हामीलाई शंका छ ।’
उनले विगतमा नक्कली भुटानी शरणार्थी प्रकरण दबाइएको र हकारीको मुद्दामा सत्ता निकट सांसदहरुलाई बोलाएर चिया खुवाएर पठाएको जिकिर गर्दै गृहमन्त्री रहिरहेको अवस्थामा निस्पक्ष छानबिन हुन्छ भनेर विश्वास गर्ने आधार नभएको बताए ।



















प्रतिक्रिया