११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु



म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणाधिन कुनौटा-दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका-८ घर भएका एक्साभेटर चालक कुमालको शव एक्साभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणको लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिए । घटनापछि प्रहरी र स्थानीयवासीले एक्साभेटर चालकको शव पहिरोबाट बाहिर निकालेका थिए ।

मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रूपमा क्षति भएको छ । दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलव ५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  २ : २७ बजे

क्रियाशील पत्रकार महिला बाँकेको भित्तेपात्रो बिमोचन

नेपालगन्ज । बाँकेमा क्रियाशील पत्रकार महिला बाँकेले नयाँवर्षको शुभकामना आदान

भोलिदेखि नेपालगन्जमा ‘स्ट्रीट फुड एन्ड बेभरेज फेस्टिबल’ : तयारी पूरा

नेपालगन्ज । भोलिबाट नेपालगन्जमा सुरु हुने ‘नेपालगन्ज स्ट्रीट फुड एन्ड

‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा

काठमाडौँबाट लुम्बिनीसम्म ‘शान्तिका लागि साइकलयात्रा’

काठमाडौँ । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यले ‘टुर डे लुम्बिनीःपेडल

सुकुम्बासी बस्ती खाली गराउन प्रहरीको माइकिङ

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती शनिबार बिहानदेखि खाली गराइने सूचना