२६ कार्तिक २०८३, बिहिबार | November 12, 2026

सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्साभेटर चालकको मृत्यु



म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका-३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । जलविद्युत आयोजनाको पाइपलाइनका लागि निर्माणाधिन कुनौटा-दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षका खेमराज कुमाललको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिका-८ घर भएका एक्साभेटर चालक कुमालको शव एक्साभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणको लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिए । घटनापछि प्रहरी र स्थानीयवासीले एक्साभेटर चालकको शव पहिरोबाट बाहिर निकालेका थिए ।

मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रूपमा क्षति भएको छ । दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलव ५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, मंगलबार  २ : २७ बजे

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालनमा

गुल्मी । पहिरोका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडकखण्ड

भीमफेदी दुर्घटना छानबिन गर्न समिति गठन

हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा आज बिहान भएको

एनपिएल : पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध

देउसी भैलोको बहानामा सार्वजनिक स्थानमा अश्लिल नृत्य गर्ने थप ३ जना पक्राउ

बुटवल । देउसी भैलोको बहानामा सार्वजनिक स्थानमा अश्लिल नृत्य गर्ने

मधेस प्रदेशसभाको बैठक कात्तिक २८ गते आह्वान, मुख्यमन्त्रीले विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशसभाको बैठक यही कात्तिक २८ गतेका लागि