काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा पार्टीको गतिविधि र संसदभित्रको गतिविधिबारे छलफल भएको छ ।
माओवादीले हालैमात्र मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत बैतडीदेखि पोखरासम्मको अभियान पुरा गरेको छ । अब पोखरादेखि पाँचथरको चिवाभञ्ज्याङसम्मको अभियान संचालन गर्न बाँकी रहेको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको भन्दै माओवादी लगायतका विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध गरिरहेका छन् । यद्यपी, उनीहरुले संवैधानिक प्रावधानअनुसार सरकारले हिजो जेठ १५ गते ल्याउनुपर्ने बजेटका लागि भने अवरोध गरेनन् ।


















प्रतिक्रिया