१ पुस २०८२, मंगलबार | December 16, 2025

सभामुखको कार्यकक्षमा मुख्यसचेतक र सचेतकहरूबीच छलफल



काठमाडौं । सभामुख देवराज घिमिरेको आह्वानमा बोलाइएको मुख्यसचेतक र सचेतकहरुबीचको बैठक बसिरहेको छ ।

सदनको गतिरोध अन्त्य गर्ने सम्बन्धमा सभामुखले संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्यसचेतक र सचेतकहरुको बैठक बोलाएका हुन् ।

संसद बैठक जेठ १३ गतेदेखि विपक्षी दलहरुले अवरुद्ध बनाउँदै आएका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक मुछिएको भन्दै विपक्षी दलहरुले उनको राजीनामा र यससम्बन्धमा प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग राखिरहेका छन् । संसद अवरोध भए पनि हिजो बजेट ल्याउने क्रममा विपक्षी दलहरुले अवरोध गरेनन ।

सभामुखले सदनको अवरोध हटाएर बजेटमाथिको छलफल प्रक्रिया अघि बढाउने विषयमा सहमति जुटाउन भन्दै यो बैठक बोलाएका हुन् । यो बैठक पछि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ११ : ४८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको