२३ माघ २०८२, शुक्रबार | February 6, 2026

प्रतिपक्षीको अडान – गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन, नत्र सदन चल्दैन



काठमाडौं। विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद चल्न नदिने स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको आह्वानमा बसेको सबै दलका मुख्यसचेतक सचेतकहरुको बैठकमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा, प्रधानमन्त्रीको जवाफ र भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने प्रष्ट पारेका हुन् ।

उनीहरुले संवैधानिक बाध्यताका कारण हिजो आफुहरुले बजेटका लागि संसद अवरोध नगरे पनि त्यो अब माग पुरा नभएसम्म निरन्तर अघि बढ्ने बताए ।

बैठकपछि प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सभामुखले संसदको आगामी बैठकको क्यालेण्डर बनाउने विषयमा छलफलमा बोलाए पनि माग सम्बोधन नहुँदासम्म सदनका क्रियाकलाप अघि बढाउन नदिने बताए । उनले भने, ‘यो मानव तस्करी र भ्रष्टाचारसँग सम्बन्धित छ । करेक्सन नगरी हामी अडानबाट ब्याक हुँदैनौं । बाँकी काम सरकार हो ।’

यस्तै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताए । उनले भने, ‘हिजो जिम्मेवारीबोध गरेर छाडेका हौँ । रास्वपासहित सबै विपक्षी दल आन्दोलनमै छौँ । माग सम्बोधन नभएसम्म हामी सदन अगाडि बढाउन सक्दैनौँ ।’

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  १ : ३७ बजे

४२ सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना

सङ्खुुवासभा चैनपुरको एक घरमा आगलागी, १५ लाखको क्षति

सङ्खुुवासभा । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ ।