४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा बुटवलमा युवा उद्यमी भेटघाट कार्यक्रम सम्पन्न



बुटवल । नेपाल उद्योग परिसंघ अन्तर्गतको युवा उद्यमी मञ्च लुम्बिनीले आइतबार युवा उद्यमीहरु बीच अन्तरक्रिया सपन्न गरेको छ । नेपालका सफल युवा उद्यमी चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्माणल चौधरीको प्रशिक्षणात्मक अन्तरक्रिया कार्यक्रममा नेपालीमा लगानीको सम्भावना र चुनौती लगायत विषयमा छलफल गरिएको थियो ।

युवा उद्यमीहरुले राखेका जिज्ञासाहरुको सहजीकरण गर्दै चौधरीले लगानीको सम्भावना, चुनौती र अवसर तथा व्यवस्थापन लगायतका विषयमा अनुभवहरु प्रदान गरेका थिए । तिलोत्तमास्थित टाइगर प्यालेस रिसोर्टमा सम्पन्न अन्तरक्रियामा देशभित्रै सम्भवानाहरुको खोजी गर्न सकिने उल्लेख गरे ।

देशमा केही गर्न सकिँदैन भन्ने युवाहरुमा गलत धरणा रहेको बताउँदै उनले यसलाई गलत सावित गर्नका लागि र मुलुकको समृद्धिका लागि अबका युवाहरुले सिर्जनशिल भएर सोच्नु पर्ने धारणा व्यक्त गरे ।

विश्व बजारको जानकारी तथा विकसित सूचना र प्रविधिको प्रयोगलाई जोड दिँदै युवाहरुले नै आर्थिक लगानी तथा औद्योगिक क्षेत्रमा नविनतम सोचको बिकास गर्न सकिनेमा चौधरीले जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम र उपाध्यक्ष बाबुराम बोहोराको विशेष उपस्थिती रहेको थियो ।

युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजुले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको सञ्चालन लर्निङ चेयर विकास पाण्डेले गरेका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  ३ : २८ बजे

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँ : मन्त्री घिसिङ

पाटन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ