४ पुस २०८२, शुक्रबार | December 19, 2025

आईपीएल फाइनल : बैंग्लोरद्वारा पञ्जाबसामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि जित्न रोयल च्यालेन्जर्स बैंग्लोरले पञ्जाब किंग्ससामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अहमावादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा पञ्जावले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैग्लोरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९० रनको योगफल तयार पारेको हो ।

बैग्लोरका लागि विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए । कोहलीले ३५ बलमा ३ चौका प्रहार गर्दा ४३ रन बनाउँदा अज्मतुल्लाह ओमारजाइको बलमा कट एण्ड बोल्ड हुन पुगे ।

कप्तान रजत पाटादारले १६ बलमा १ चौका र २ छक्का सहयोगमा २६ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे । मयंक अग्रवालले २४ र ओपनर फिल साल्टले १६ रन थपे । लियाम लिभिङस्टोनले २५ रन बनाउँदा केल जेमिसनको बलमा एलबीडब्लु धरापमा परे ।

१० बलमा २ चौका र २ छक्का प्रहार गर्दै २४ रन बनाएका जितेश शर्मा विजय कुमारको बलमा बोल्ड आउट हुन पुगे । रोमारियो सेफर्ड १७ रन बनाउँदा अर्सदिप सिंहको बलमा एलबीडब्लु धरापमा परे ।

पञ्जावका लागि काइल जेमिसन र अर्सदिन सिंहले समान ३ विकेट झारे । अज्मतुल्लाह ओमारजाइ, विजयकुमार र युजभेन्द्र चाहालले समान एक विकेट लिए ।

पञ्जावले केहीबेरमा जवाफि ब्याटिङ गर्दै छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, मंगलबार  ९ : ५४ बजे

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ