२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईसीसी विश्वकप लिग-२ : नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै



काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै छ । पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डविरुद्ध एक विकेटको सनसनीपूर्ण जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदानमा हुनेछ ।

यो खेल बुधबार दिउँसो नेपाली समय अनुसार ३:४५ बजे सुरु हुनेछ । नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय यस सिरिज नेपालले दोस्रो खेल खेल्न लागेको हो । सात महिलापछि लामो ढाँचाको सिरिजमा फर्किएको नेपालका लाई लिग-२ मा टिकिराख्न आगामी खेल जित्नैपर्ने दबाब छ ।

सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ । नेपाल अहिले लिग-२ मा १३ खेलबाट ८ अङ्क जोड्दै तालिकाको सातौ स्थानमा छ । १७ खेल सकेको स्कटल्यान्ड २० अङ्कसहित चौथो र २० खेल सकेको नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ ।

शीर्षस्थानमा रहेको अमेरिकाको २० खेलबाट २८, तेस्रो स्थानमा रहेको ओमानको २४, पाँचौँ स्थानमा रहेको क्यानाडाको २० खेलबाट २०, छैटौँ स्थानमा रहेको नामिबियाको २० खेलबाट १४ र आठौं स्थानमा रहेको संयुक्त अरब इमिरेट्स (युएई)को १६ खेलबाट ६ अङ्क मात्र छ ।

नेपालले अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि तीन टोलीबिच टी-२० सिरिज हुने छ ।

नेपाली टोली

नेपाल क्रिकेट सङ्घ (क्यान) रोहितकुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको छ । उपकप्तान दीपेन्द्रसिंह ऐरी छन् । नेपाली टिममा कुशल भुर्तेल, आरिफ शेख, अनिलकुमार साह, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, , ललितनारायण राजवंशी, सन्दीप लामिछाने, भीम सार्की, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन् । नेपाली प्रशिक्षक स्टुअर्ट ल हुन भने भर्खरै क्यानले दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको छ । सहायक प्रशिक्षकका रुपमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार  ७ : ५८ बजे

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल

जनकपुरबाट प्रचण्डले भने – “मधेशी जनताप्रतिको मेरो विश्वास अटल छ”

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताप्रति

धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी ठोक्किए

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेसी–६ चालिसेमा सात वटा सवारी

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छ : सभामुख घिमिरे

सुरुङ्गा । सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी

काठमा । नेपाल प्रिमियर लिग ९एनपिएल०को आजको खेलमा पोखरा एभेन्जर्सले