२४ श्रावण २०८३, आइतबार | August 9, 2026

अर्थ मन्त्रालयद्वारा आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु



काठमाडौं । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट कार्यान्वयनको गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालयमा आयोजित बैठकमा नीति तथा कार्यक्रम, बजेट र माइलस्टोनबीच तादम्यता मिलाइ कार्य योजना बनाएर कार्यान्वयन गर्ने गृहकार्य शुरु भएको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम तथा आयोजनाका लागि खरिदसम्बन्धी तयारी कार्य अघि बढाउन निर्देशन दिएका छन । बजेट स्वीकृत भएलगत्तै सम्झौता गर्न सकिने गरी तयारी गर्दा छिटो काम गर्न सहज हुने उनको भनाइ छ ।

मुख्य सचिव एकनारायण अर्यालले खरिद प्रकृया अघि बढाउन थप ऐन कानून जरुरी नभएको उल्लेख गर्दै बजेटमा उल्लेख भए अनुसार खरिदका लागि तयारी प्रकृया अघि बढाउँदा हुने धारणा व्यक्त गरे ।

बैठकमा चालू आर्थिक वर्षको पूँजीगत खर्च वृद्धिमा विशेष ध्यान दिनेबारे पनि छलफल भएको थियो । बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले स्रोत सुनिश्चितता भएका र आवश्यक कागजात भएका योजना तथा कार्यक्रमको सम्बन्धमा रकमान्तर लगायतका विषयमा अर्थ मन्त्रालयले तत्काल सहजीकरण गर्ने बताए ।

उनले स्रोत सहमति भएका र कागजात पुरा भएका आयोजना तथा कार्यक्रमको सम्बन्धमा सहजीकरणका लागि आवश्यक परे बिदा र शनिबारको दिन पनि काम गर्ने बताउँदै प्रकृया पुगेका र हुन सक्ने काम मात्र अर्थ मन्त्रालयमा पठाउन सम्बन्धित मन्त्रालयका सचिवहरुलाई अनुरोध गरे ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जल स्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय लगायतका सचिवहरु उपस्थिति थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८२, बिहिबार  १ : १३ बजे

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको

बढ्दै ग्यासको आयात, बिस्तारै हट्दै अभाव

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा पछिल्ला केही दिनयता

तीन दिनदेखि बेपत्ता कपिलवस्तुका पूर्वमेयर किरण सिंह गोरुसिंगे जंगलमा मृत फेला

बुटवल । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा

सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक प्रतितोला ३ लाख

विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको संविधानले विविधतामा एकतालाई आत्मसात्