२३ भदौ २०८३, मंगलबार | September 8, 2026

आईसिसी विश्वकप क्रिकेट लिग-२ : नेपाल र स्कटल्याण्ड खेल्दै



काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा आइतबार नेपालले स्कटल्याण्डसँग खेल्दैछ । स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे हुने खेलमा नेपाल लगातार तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ ।

यसअघिका खेलमा शृङ्खलाको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जित निकाले नेपालले दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।

शृङ्खलाका सुरुवाती १२ खेलमा ६ अङ्क मात्र जोडेको नेपालले त्यस पछिका दुई खेलमा दुवै जित हात पारेको हो । १४ खेल खेलेको नेपाल १० अङ्क सहित सातौँ स्थानमा छ । शृङ्खलामा अमेरिका २० खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ ।

यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो तथा ओमान २० खेलमा २४ अङ्कसहित तेस्रो स्थानमा छ । स्कटल्यान्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा रहँदा क्यानडाको २० खेलमा २० तथा नामिबियाको २० खेलमा १४ अङ्क छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ७ : २४ बजे

शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद

सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की

काठमाडौ  ।  पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो

फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहीदिन ओरालो लागेको सुनको भाउ मंगलबार तोलामा ३

मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न कांग्रेस नेता आङ्देम्बेको माग

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं संसदीय दलका सदस्य भीष्मराज

‘प्रदेश सरकारविरुद्ध मुद्दाको चाप, प्रतिरक्षा गर्ने निकायलाई स्रोतसाधन अभाव’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार तथा मातहतका निकायविरुद्ध अदालतमा दायर