२० मंसिर २०८२, शनिबार | December 6, 2025

आईसिसी विश्वकप क्रिकेट लिग-२ : स्कटल्याण्डले नेपालविरुद्ध टस जित्यो



काठमाडौं । आईसिसी विश्वकप क्रिकेट लिग-२ को खेलमा स्कटल्याण्डले नेपालविरुद्ध टस जितेको छ । स्कटल्याण्डको डन्डीमा घरेलु टोलीका कप्तान रिची बेरिङ्गनले टस जितेर नेपाललाई बलिङको निम्ताे दिएका हुन् ।

नेपालले सिरिजको पहिलो खेलमा स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । गत साताको अर्को खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको थियो ।

सिरिजमा नेपाल र स्कटल्याण्डले दुवैको‌ यो तेस्रो खेल हो । स्कटल्याण्ड लगातार दोस्रो जितको लक्ष्यमा छ। स्कटल्याण्डले शुक्रवार नेदरल्याण्ड्सलाई पराजित गरेको थियो ।

चौथो चरणको त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाली टोलीले चौथो तथा अन्तिम खेल मंगलवार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

८ टोली सहभागी लिग टु मा स्कटल्याण्ड १८ खेलमा २२ अंकका साथ चौथो स्थानमा छ। नेपाल १४ खेलमा १० अंकका साथ सातौं स्थानमा छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ३ : २९ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले