१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

सबैको भावनालाई ध्यानमा राखेर योजना बनाउनुपर्छ : सभापति देउवा

अर्थविदहरुले गरे बजेटको आलोचना



ललितपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको भावनालाई ध्यानमा राखेर योजना बनाउनुपर्नेमा जोड दिएका छन् । पार्टीको आर्थिक नीति तथा योजना विभागद्वारा आज यहाँ आयोजित ‘बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समीक्षा’ विषयक संवाद गोष्ठीमा उनले देशको भूगोललाई ध्यानमा राखेर सबैलाई सम्बोधन गर्नेगरी योजना बनाउनुपर्नेमा जोड दिए ।

“बजेटको सन्दर्भमा धेरै साथीहरूले सकारात्मक कुरा गर्नुभएको छ, कांग्रेसको आर्थिक नीति कस्तो हुने र नेपालको आर्थिक विकास कसरी हुने भन्ने विषयमा छलफल जरूरी छ । बिपी कोइरालाले पनि गाउँकै कुरा गर्नुभएको थियोे, हाल गाउँ सिद्धिने अवस्थामा छन् । धेरैजसो पहाडबाट तराई-मधेस पसी सके, बाँकीलाई रोक्न ध्यान दिनुपर्ने छ”, सभापति देउवाले भने ।

उनले जलवायु परिवर्तनले समुद्री तह बढेको र हिमालहरू पग्लिएर नाङ्गो भइसकेको अवस्थामा यसलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिए । “जलवायु परिवर्तनले नेपाल सबैभन्दा बढी पीडित भएको छ, यद्यपि हामीले वनजङ्गल बचाउन सकेको छौँ, तर पनि हिमाल बचाउन सक्ने अवस्था छैन । हामीले चाहेर मात्रै पनि हुँदैन, जलवायु परिवर्तनको असरबाट नेपाललाई बचाउनुपर्छ, यसबारे संसारभर आवाज उठाउनुपर्छ”, पूर्वप्रधानमन्त्री देउवाले भने ।

पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिले प्रदेश र स्थानीय तहसँग पुँजीगत खर्च बढाउने क्षमता भएको भन्दै प्रदेश र स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिए । उनले कृषिमा आधारित उद्योग र कृषिको उत्पादकत्व बढ्नेगरी अर्थ व्यवस्थाको विकास अहिलेको आवश्यकता भएको बताए ।

पार्टी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले समयसापेक्ष र रोजगारी प्रदान गर्नेखालको शिक्षा र सीप आवश्यक रहेको धारणा राखिन् । उनले कांग्रेसले ल्याएको निजीकरणको उदारवादी अर्थ व्यवस्थाले औद्योगिक वातावरण बनाएको भन्दै अब कृषिमा आधारित उत्पादनमूलक उद्योगमा प्रोत्साहित गर्नुपर्नेमा जोड दिइन् ।

पार्टी केन्द्रीय सदस्य एवं आर्थिक नीति तथा योजना विभागका प्रमुख प्राडा गोविन्दराज पोखरेलले आगामी आवको बजेटले जलवायु परिवर्तनले निम्त्याएका जोखिमलाई बजेटले पर्याप्त सम्बोधन गर्न नसके पनि कार्यान्वयन भए केही सफलता हासिल गर्न सकिने बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष वरिष्ठ अर्थविद् डा पृथ्वीराज लिगलले सरकारले लक्ष्यअनुसारको राजश्व वृद्धि सम्भव नभएको धारणा राखे । उनले बजेटले स्रोतको उपयोग गर्नेगरी वित्तीय अनुशासन कायम राख्न नसकेको जिकिर गरे ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा जगदीशचन्द्र पोेखरेलले बजेटले निजी क्षेत्रलाई समेटेको कारण धेरै क्षेत्रबाट नकारात्मक टिप्पणी नआएको बताए । उनले बजेटले केही सडक र भौतिक संरचना बने पनि ती अधिक उपयोग र रोजगारी प्रवर्द्धन गर्ने खालका नभएको बताए ।

अर्थविद् प्राडा विशम्भर प्याकुरेलले रोजगारी वृद्धि गर्न सक्ने खालको आर्थिक समृद्धि हासिल गर्न सक्नेगरी बजेट आउन नसकेको बताए । उनले बजेटमा निजी क्षेत्रलाई दिइएको छुटअनुसार उपलब्धि र समृद्धि हासिल हुन नसक्ने भन्दै आर्थिक असमानता बढाउने गरी बजेट आएको बताए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा पोषराज पाण्डे, पोखरा विश्वविद्यालयका प्राडा ओम शर्मा, त्रिभुवन विश्वविद्यालयको मानविकी विभागका पूर्वडीन प्राडा कुसुम शाक्य, त्रिवि विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख प्राडा रामप्रसाद ज्ञवाली, सोही विभागका प्राडा सञ्जय आचार्यले आआफ्नो धारणा राखेका थिए ।

कार्यपत्र प्रस्तुतीकरण गर्दै उद्यमशील कांग्रेसका अध्यक्ष अस्मिन सिटौलाले ‘एआई’ र ‘स्टार्टअप’ बुझेका कानुन व्यवसायीलाई सहभागी गराएर कानुनी झन्झट हटाउनुपर्ने र औद्योगिक वातावरण बनाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ९ : ०८ बजे

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

काठमाडौँ । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४

मातृभाषामा शपथ खाने साँसदहरुको संख्या ६३ पुग्यो

काठमाडौं । संघीय संसद अन्तर्गत नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरु मध्य ६३

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक