२५ चैत्र २०८२, बुधबार | April 9, 2026

एकाबिहानै तातोपानी कुण्डमा ‘डुबुल्की’ मार्दै अध्यक्ष प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तातोपानी कुण्डमा स्नान गरेका छन् ।

पार्टीको पोखरा अधिवेसनमा सहभागी हुन हिजो त्यहाँ पुगेका प्रचण्ड साँझ म्याग्दीको अन्नपूर्णा गाँउपालिका–२ भुरूङ तातोपानी पुगेका थिए ।

आज बिहान भने उनले तातोपानी कुण्डमा स्नान गरेको  उनको सचिवालयले जनाएको छ।

अध्यक्ष प्रचण्ड आजै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित श्री ज्ञान प्रकाश नमुना माध्यमिक विद्यालय अवलोकन गरेका छन् । उनले त्यहाँका शिक्षक तथा अभिभावकलाई संक्षिप्त सम्बोधन समेत गरे । यो विद्यालय अन्नपूर्ण गाउँपालिकाको पहिलो नमुना विद्यालय हो ।

अध्यक्ष प्रचण्डले मुस्ताङ र चीनको सिमाना कोराला नाकासंग कालिगण्डकी करिडोरको अवस्था र यस क्षेत्रको सम्भावना बारे जानकारी लिन स्थलमार्ग हुँदै आएको जानकारी दिए ।

प्रचण्ड आजै हिमालपारीको जिल्ला मुस्ताङ प्रवेश गरेका छन् । यहाँ पार्टी अध्यक्ष प्रचण्डलाई माओवादीका जिल्ला अध्यक्ष, स्थानीय नेताकार्यकर्ता, प्रमुख जिल्ला अधिकारी ल्गायतले स्वागत गरेका थिए । त्यस अवसरमा उनले लेते छ्या जोड्ने पुलको अनुगमन पनि गरे ।

प्रकाशित मिति : २८ जेष्ठ २०८२, बुधबार  १० : २८ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास