३ पुस २०८२, बिहिबार | December 19, 2025

मातृभाषा पत्रकारिता विकासको लागि नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन हुने



काठमाडौं । दक्षिण एशियाका विभिन्न देशमा क्रियाशील पत्रकारहरुलाई समेटेर नेपालमा दोस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४५ हुने भएको छ । ललितपुरमा पत्रकार सम्मेलन गरेर देशभरका नेवार पत्रकारहरुको साझा संस्था नेवाः पत्रकार राष्ट्रिय दबूले आउँदो २०८२ जेठ ३० र ३१ गते (शुक्रबार र शनिबार) दुईदिने सम्मेलन गर्ने विषयको जानकारी दिएको छ ।

सार्क जर्नालिष्ट फोरम र नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) सँग सहकार्य गरी पत्रकार राष्ट्रिय दबूले भारत, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान लगायतको ठाउँका पत्रकारहरुलाई सहभागी गराउने बताएको छ ।

‘आजको मितिसम्म विभिन्न देशबाट ४० जना पत्रकारहरुले सम्मेलनमा सहभागी हुनको लागि नाम टिपाएको छ । हामीले सोही बमोजिम होटल बुकिङदेखि आवश्यक तयारी गरेका छौं ।’ कार्यक्रमका संयोजक सुनील महर्जनले बताए । सम्मेलनको तयारी समेत अन्तिम चरणमा पुगेको उनले जानकारी दिए ।

पत्रकार राष्ट्रिय दबूले यसअघि गएको वर्ष प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन ११४४ सम्पन्न गरेको थियो । नेपालका प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य (जगतमान वैद्य)ले मातृभाषाको पत्रकारिता सुरु गरेको १०१ वर्ष पुगेको सन्दर्भमा सम्मेलनको आयोजना गर्न लागेको बताईएको छ ।

सम्मेलनबाट नेपालमा मातृभाषा पत्रकारिताको अवस्था र नेपाल बाहिर भइरहेको पत्रकारिताको विकासक्रम सम्बन्धी सूचना आदानप्रदान भएर सोही विवरण लिखित रुपमा दस्तावेजको रुपमा रहने, नेपालमै विभिन्न भाषाको माध्यमबाट गरिने पत्रकारितालाई पूर्ण व्यावसायिक बनाउन सहयोगी सिद्ध हुने, समावेशी पत्रकारिताको प्रयोग अझ सहज हुने अपेक्षा गरिएको छ ।

सम्मेलनले मातृभाषामा पत्रकारिता गरिरहेका पत्रकारहरूको हौसला बढ्ने विश्वास लिइएको छ । पहिलो दिनको कार्यक्रम ललितपुरस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष र दोस्रो दिनको कार्यक्रम भक्तपुरको मध्यपुर थिमिमा हुने आयोजकले जनाएको छ ।

‘मातृभाषा संरक्षणको लागि पत्रकारिता’ भन्ने मूल नारा दिएर अन्तर्राष्ट्रिय पत्रकारिता सम्मेलन गर्न लागेको हो । सम्मेलनमा विभिन्न विषयका कार्यपत्रहरु प्रस्तुत गर्ने, प्यानल डिस्कसन गर्ने, पत्रकारितामा योगदान गरेका व्यक्तित्व तथा संस्थाहरुलाई सम्मान गर्ने भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  १० : ३२ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको