२० मंसिर २०८२, शनिबार | December 6, 2025

एयर इन्डियाको विमान अहमदाबादमा दुर्घटना



काठमाडौं । भारतबाट ब्रिटेनका लागि उडेको जहाज उड्नासाथ दुर्घटनामा परेको छ । एयर इन्डियाको जहाज गुजरातको अहमदावादस्थित सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा परेको हो ।

विमानभित्र रहेका यात्रुको संख्याका बारेमा भारतीय मिडियामा फरक फरक संख्या उल्लेख गरिएको भए पनि अहिलेसम्म एयर इन्डियाले केही नबताएको समाचारहरुमा जनाइएको छ । अधिकांश मिडियाले विमानमा २४२ जना सवार रहेको जनाएका छन् । जसमा दुई जना पाइलट, १० जना क्याबिन क्रु र २३० जना यात्रु रहेको जनाइएको छ ।

एयर इन्डियाको एआई-१७१ उडान (बोइङ ७८७-८ ड्रिमलाइनर) अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जाने क्रममा टेक-अफ लिनासाथ दुर्घटनामा परेको थियो ।

अपराह्न १ बजेर ३८ मिनेटमा विमानले उडान भर्न सुरु गरेको समाचारमा जनाइएको छ । प्रारम्भिक जानकारीका अनुसार घटनालगत्तै अहमदावाद अग्नि तथा आपत्कालिन् सेवा कार्यालयले पाँचवटा दमकलहरु परिचालन गरिएको गुजरात समाचार अनलाइनले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार विमानमा तीनवटा विस्फोटनको आवाज आएको थियो । हताहतीको आशंका गरिएको भए पनि यकिन विवरणहरु भने प्राप्त भएका छैनन् । उक्त विमान अहमदावादबाट लण्डनका लागि उड्दै गरेको थियो ।

बीबीसीका अनुसार दुर्घटनास्थलमा अहिले फायर ब्रिगेडका गाडीहरु पुगिरहेका छन् । अहमदाबाद विमानस्थल टर्मिनल एकका एक म्यानेजरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ- विमानस्थल वरिपरि पुरै धुँवा देखिएको छ ।”

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ३ : ५३ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय