२० मंसिर २०८२, शनिबार | December 6, 2025

दुर्घटनाग्रस्त विमानमा १६९ जना भारतीय र ५३ बेलायती नागरिक थिए



काठमाडौं । भारतको गुजरातस्थित एयर इन्डियाको एआई-१७१ उडान (बोइङ ७८७-८ ड्रिमलाइनर) विमानमा १६९ जना भारतीय नागरिक, ५३ जना व्रिटिश नागरिक सवार रहेको बीबीसीले जनाएको छ ।

अहमदाबादको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डन जाने क्रममा दुर्घटनामा परेको थियो । विमानमा सवार यात्रुहरूमा १६९ जना भारतीय नागरिक, ५३ जना व्रिटिश नागरिक, सातजना पोर्चुगलका नागरिक र एकजना क्यानडेली नागरिक थिए ।

एयर इन्डियाले बताएअनुसार विमान युकेको ग्याटविक विमानस्थलतर्फ जाँदै थियो । प्रहरी अधिकारीहरूले यो विमान विमानस्थल नजिकैको एक नागरिक क्षेत्रमा ठोक्किएर खसेको बताएका छन् । विमानका क्याप्टेन सुमित सभरवालसँग ८,२०० घण्टाको उडान अनुभव थियो । सह-विमान चालक (को-पाइलट) सँग १,१०० घण्टाको उडान अनुभव थियो ।

एयर ट्राफिक कन्ट्रोल (एटीसी) अनुसार, विमानले अहमदाबादबाट १३ः३९ मा रनवे २३ बाट उडान गरेको थियो । यसले एयर ट्राफिक कन्ट्रोललाई ‘मेडे कल’ गरेको थियो, तर पछि विमानबाट कुनै प्रतिक्रिया आएन । उडानलगत्तै विमान विमानस्थल परिसर बाहिर ठोक्किएर खस्न पुगेको थियो ।

अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलका एक अधिकारीले विमानस्थल अहिले अपरेशनमा नभएको बताएका छन् । अर्को सूचना नआउन्जेल सम्पूर्ण उडान सेवा निलम्बित गरिएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ४ : १८ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय