२४ श्रावण २०८३, आइतबार | August 9, 2026

अफताव आलमलाई सफाई दिने न्यायाधीश थारूमाथि कार्यालयमै कालो मोसो प्रहार



काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजालासका न्यायाधीश खुसी प्रसाद थारूलाई कालो मोसो छ्यापिएको छ ।

नेकपा बहुमत (धर्मेन्द्र बास्तोला) नेतृत्वका कार्यकर्ताले बिहीबार न्यायाधीश थारूमाथि इजलासमै मोसो छ्यापेका हुन् । न्यायाधीशलाई कालो मोसो छ्याप्ने ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, एसपी गौतम मिश्रले जानकारी दिए ।

न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले जेठ १४ गते आलमलाई सफाइ दिने निर्णय गरेको थियो । २०६४ सालको निर्वाचनको पूर्वसन्ध्यामा भएको बम विस्फोटको घटनामा घाइते भएकालाई इँटा भट्टामा हालेर जलाएको आरोपमा आलम पक्राउ परेका थिए ।

जिल्ला अदालत रौतहटको आदेशले पुर्पक्षका लागि कारागारमा रहेका आलमलाई उच्च अदालतले सफाइ दिएको थियो । सफाइ दिएलगत्तै रिहा भएका आलम मष्तिष्कघात भएर अस्पताल भर्ना भएका थिए । आलमलाई सफाइ दिने न्यायाधीश थारू र महर्जन विवादमा परेका थिए । उनीहरूविरुद्ध न्याय परिषद्‌मा उजुरी समेत परेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ६ : १३ बजे

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले

झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

झापा । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको

हुलाकबाट एक करोड राजस्व सङ्कलन

चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु