१३ पुस २०८२, आइतबार | December 28, 2025

अफताव आलमलाई सफाई दिने न्यायाधीश थारूमाथि कार्यालयमै कालो मोसो प्रहार



काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको वीरगञ्ज इजालासका न्यायाधीश खुसी प्रसाद थारूलाई कालो मोसो छ्यापिएको छ ।

नेकपा बहुमत (धर्मेन्द्र बास्तोला) नेतृत्वका कार्यकर्ताले बिहीबार न्यायाधीश थारूमाथि इजलासमै मोसो छ्यापेका हुन् । न्यायाधीशलाई कालो मोसो छ्याप्ने ३ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, एसपी गौतम मिश्रले जानकारी दिए ।

न्यायाधीश थारू र अर्जुन महर्जनको इजलासले जेठ १४ गते आलमलाई सफाइ दिने निर्णय गरेको थियो । २०६४ सालको निर्वाचनको पूर्वसन्ध्यामा भएको बम विस्फोटको घटनामा घाइते भएकालाई इँटा भट्टामा हालेर जलाएको आरोपमा आलम पक्राउ परेका थिए ।

जिल्ला अदालत रौतहटको आदेशले पुर्पक्षका लागि कारागारमा रहेका आलमलाई उच्च अदालतले सफाइ दिएको थियो । सफाइ दिएलगत्तै रिहा भएका आलम मष्तिष्कघात भएर अस्पताल भर्ना भएका थिए । आलमलाई सफाइ दिने न्यायाधीश थारू र महर्जन विवादमा परेका थिए । उनीहरूविरुद्ध न्याय परिषद्‌मा उजुरी समेत परेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ६ : १३ बजे

एमाले सचिवालय बैठक आज, समानुपातिक उम्मेदवारको अन्तिम सूची टुंग्याइँदै

काठमाडौं । नेकपा (एमाले) ले ११ औँ महाधिवेशनपछिको पहिलो सचिवालय

समीक्षाका गीतमा झुमे दर्शक

गण्डकी । गायिका समीक्षा अधिकारी शनिबार साँझ बागलुङ महोत्सवमा गुञ्जिईन

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

गलकोट । पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका

आजको मौसम : तराईमा हुस्सु , हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

तामाखानी उत्खननका लागि पुनः अध्ययन थालिएपछि मच्छिमबासी उत्साहित

म्याग्दी । पाँच दशकदेखि बन्द अवस्थामा रहेको तामाखानी उत्खननका लागि