२९ मंसिर २०८२, सोमबार | December 15, 2025

एयर इन्डिया विमान दुर्घटना : २४१ यात्रुको मृत्यु, एकजना बाँच्न सफल



काठमाडौं । भारतको अहमदावादमा दुर्घटना भएको एयर इन्डियाको फ्लाइट नम्बर एआई १७१ जहाजमा रहेका २४२ यात्रुमध्ये २४१ जनाको मृत्यु पुष्टि भएको एयर इन्डियाले जनाएको छ ।

एकजना भने बाँच्न सफल भएको र उनको अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । विमान दुर्घटनामा बाच्न सफल यात्रु भारतीय मूलका ब्रिटिश नागरिक भएको बताइएको छ ।

उक्त विमानमा चालक दलका सदस्य १२ जनासहित २४२ जना यात्रा गरिरहेका थिए । एयर इन्डियाका अनुसार विमानमा १६९ भारतीय, ५३ ब्रिटिश, सात पोर्चुगिज र एक क्यानेडेली नागरिक थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ६ : १६ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार