२ पुस २०८२, बुधबार | December 17, 2025

विमान दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे भारतीय प्रधानमन्त्री मोदीले



अहमदाबाद। अहमदाबादमा बिहीबार भएको विमान दुर्घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदी आज त्यहाँ पुगेका छन् ।

सो क्रममा उनले घटनास्थलको अवलोकन गरेका थिए । त्यहाँ उनी १० मिनेट बसेका थिए भने त्यसपछि सिभिल अस्पताल पुगे, जहाँ दुर्घटनामा घाइते भएकाहरुको उपचार भइरहेको छ ।

प्रधानमन्त्री मोदीले अहमदाबाद विमान दुर्घटनाका एक मात्र बाँचेका विश्वकुमार रमेशलाई पनि अस्पतालमा भेटेका थिए। प्रधानमन्त्री मोदीले रमेश विश्वकुमार रमेशको हात समातेर हौसला दिए । यस क्रममा विश्वकुमार रमेशको अनुहारमा राहतको भाव देख्न सकिन्थ्यो ।

विश्वकुमार रमेशले भने, ‘मेरो आँखा अगाडि सबै भयो तर म कसरी बाँचेँ, मलाई नै थाहा छैन । केही समयको लागि म पनि मर्छु कि जस्तो लाग्यो तर जब मेरो आँखा खोल्यो, म जीवित थिए। मैले मेरो सिट बेल्ट हटाउन खोजे। यसपछि म त्यहाँबाट निस्किएँ । एयर होस्टेस र अन्य मानिसहरू मेरो आँखा अगाडि मरे। टेकअफ पछि ५–१० सेकेन्डभित्र सबै कुरा भयो।’

बोइङ ७८७ ड्रिम लाइनरमा २४२ यात्रु र चालक दलका सदस्य सवार रहेको उक्त यात्रु विश्वकुमार रमेश आफ्नो भाइसँग लण्डन जाँदै थिए । अहमदाबाद सिभिल अस्पतालको ट्रमा वार्डमा कार्यरत डा. शारिक एमले रमेशलाई अस्पतालमा भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताए।

बिहीबार दिउँसो अहमदाबाद एयरपोर्टबाट उडान भरेको केही मिनेट मै लन्डनका लागि उडेको एयर इन्डियाको विमान यहाँको मेडिकल कलेज क्याम्पसको होस्टेल माथी दुर्घटनाग्रस्त भएको थियो। यस दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएको आशंका गरिएको छ ।

अहमदाबाद एयरपोर्टमा अवतरण गरे लगत्तै प्रधानमन्त्री मोदी मेघानीनगर घटनास्थल पुगेका थिए। जब विमान यहाँ खस्यो, त्यसपछिको अवस्था के थियो भनेर उनले थाहा पाए । यस क्रममा प्रधानमन्त्री मोदी निकै गम्भीर र दुःखी देखिन्थे । प्रधानमन्त्री मोदीले विमान खसेपछि आगो लागेको भवनसमेत हेरेका छन् ।

घटनास्थल पुगेपछि प्रधानमन्त्री मोदीले अवस्थाको जानकारी लिएका थिए । यसपछि प्रधानमन्त्री मोदीले पनि अस्पताल गएर घाइतेहरुलाई भेट्नसमेत लागेका छन् । मोदीले दुर्घटनाको समीक्षा बैठक पनि गर्नेछन्। यस अवधिमा उनले दुर्घटनादेखि अहिलेसम्मको हरेक अपडेट लिनेछन्।

बोइङ ७८७ ड्रिमलाइनर (एआई १७१) सहरको सिभिल अस्पताल र बीजे मेडिकल कलेज क्याम्पस, सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको घण्टौं बितिसक्दा पनि मृत्यु हुनेको संख्याबारे आधिकारिक जानकारी आएको छैन।

विमानमा दुई पाइलट र १० चालक दलका सदस्यसहित २४२ जना सवार थिए। एयर इन्डियाका अनुसार विमानमा सवार २३० यात्रुमध्ये १६९ भारतीय, ५३ बेलायती, एक क्यानडाली र सात पोर्चुगिज नागरिक थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ११ : ३६ बजे

राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने

काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग

हिजो स्थगित भएको एमाले ११ औँ महाधिवेशनको मतदान आज बिहान ८ बजेदेखि सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले