३ पुस २०८२, बिहिबार | December 18, 2025

उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस



काठमाडौँ । चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएको छ । शुक्रबार बिहान बसेको न्याय परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरू राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेन्द्र तिवारीलाई मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत रहेका भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा सिफारिस भएका छन् भने उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश कुँवरलाई पाटनकै मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।

हाल उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामामा रही काजमा तुलसीपुर इजलासमा रहेका भण्डारीलाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।

यसैगरी हाल उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत रहेका तिवारीलाई उच्च अदालत तुलसीपुरकै मुख्य न्यायाधीशमा नियुक्तका लागि सिफारिस गरिएको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  १२ : ४८ बजे

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको