१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

नेपाल कसैको मातहतमा रहेन, रहँदैन : प्रधानमन्त्री ओली



काभ्रेपलाञ्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कसैको मातहतमा नरहेको र कहिल्यै नरहने बताएका छन् ।

प्रधानमन्त्रीले काठमाडौं विश्वविद्यालय (केयु)को ३०औँ दीक्षान्त समारोह (दोस्रो चरण)लाई सम्बोधन गर्दै नेपाल सानो राष्ट्र भए पनि कसैको दयामायाले मातहतमा नरहेको उल्लेख गर्दै स्वाधीनताका साथ बसेको बताए ।

“दुनियाँमा नेपाल नेभर पोलोनाइज, कसैको मातहतमा रहेन र रहँदैन पनि, विदेशी शक्तिलाई ढिम्किनसमेत दिइएन, बरु तोपसँग पुर्खाले चक्कु लिएर तोपलाई हराएर देशको स्वाधिनता बचाएका हुन्”, ओलीले भने । उनले ‘नेपाली बहादुर’ मात्रैको परिचयले नपुग्ने भएकाले नेपाली राम्रो जनशक्ति पनि हो भनेर परिचय थप्नुपर्ने बताए ।
काठमाडौं विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले ‘अब नेपालको परिचय इमान्दार, मेहनती र शालिन व्यक्तिको देश’ भनी परिचित गराउनुपर्ने बताए । उनले भने, “नेपाल सभ्य देखिनुपर्छ, दक्ष जनशक्ति भएको नेपाल, अब रोजगार खोज्ने हैन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ ।” उनले इतिहासका तथ्यहरुले पहिलेदेदिनै नेपालमा ‘रिसर्चर’ भएको देखिएको उल्लेख गर्दै तुलसी, बरपीपललगायत वनस्पतिको महत्व पुर्खाले नै पत्ता लगाएको बताए। “अब हाम्रा विद्यार्थी, सीपयुक्त जनशक्तिले रिसर्च र इनोभेसनमा लाग्नुपर्छ”, उनले भने ।

विश्व–पृथ्वी, जल, नक्षेत्र, ब्रमाण्ड शान्ति भनिरहेको अवस्थामा जल, वायु र आकाशमा अशान्ति नहोस् भनी कामना गरिरहेकाले हामी पनि सोहीअनुसार कर्म गर्नुपर्ने प्रधानमन्त्री ओलीले बताए। “पूर्वजदेखि नै सबै क्षेत्रमा शान्ति हुनुपर्छ भन्दै आएका थिए, यसकारण पनि समृद्ध–नेपाल, सुखी–नेपाली भनिएको हो”, उनले भने।

प्रधानमन्त्री ओलीले अध्ययन कहिल्यै नसकिने भएकाले आफ्ना ज्ञानलाई व्यवहारमा उतार्दै आइपरेका नयाँ चुनौतिलाई मौलिक ढङ्गले समाधान गर्दै अगाडी बढ्न दीक्षित विद्यार्थीलाई शुभकामना दिए। “नेपालको शैक्षिक स्तर खस्केको भनाईलाई चिर्न अझ तपाईंहरुको योगदान उच्च रहनेछ, हाम्रो देशबाट विदेशमा गएर चिकित्सक र नर्सले उत्कृष्ट भएर काम गरेका छन्, हाम्रो शिक्षा गुणस्तरीय नभएको भए कसरी विकसित देशले हाम्रा उनीहरुलाई काम लगाइराखेका छन् ?” उनले प्रश्न गरे ।

नेपालको शिक्षा उत्कृष्ट भएर नै देश विदेशमा हाम्रो जनशक्तिले उत्कृष्ट सेवा प्रदान गर्न सकेको प्रधानमन्त्री ओलीको भनाइ थियो । “विद्याले सबै दिन्छ, तर घमण्ड त्याग्नुपर्छ, मित्रता बढाउनुस् सेवाभावले काम गर्नुस् । जीवनशैलीलाई शालिनतामा बदल्नुस्”, उनले सुझव दिए। सो अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र समेत प्रदान गरे।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ३ : २७ बजे

यातायात क्षेत्रमा भाडा समायोजन गर्न व्यवसायीको माग

काठमाडौँ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई