काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र)ले आत्मसमर्पण गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले माओवादी केन्द्रले सत्ता पक्षसँग आत्मसमर्पण गरेर संसद खुलाउन भुमिका खेलेको आरोप लगाएका छन् ।
‘प्रमुख प्रतिपक्षी दलले बिरता र बहादुरीपुर्वक आत्मसमर्पण गरेको सुनियो,’ लिङदेनले भने ।
माओवादी केन्द्रको प्रमुख सचेतक हितराज पाण्डेले संसद खुलाउन भुमिका खेल्नु अनुरोध गरे पछि उनले सो टिप्पणी गरेका हुन् ।
नेकपा एमाले र माओवादी केन्द्रबीच दुइ बुँदे सहमति भए पछि राप्रपाले सो टिप्पणी गरेका हो ।



















प्रतिक्रिया