६ श्रावण २०८३, बुधबार | July 22, 2026

चिनिया बिदेश मन्त्रीले भने, ‘चीन इरानकाे समर्थनमा उभिन्छ’



काठमाडौं । चीनले इरानलाई समर्थन गर्ने भएको छ । इरान माथी इजरायली हमला भए पछि भएको पहिलो बार्तामा चीनले सो प्रतिबद्दता जनाएको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीले इरानी समकक्षी अब्बास अराघचीसँगको फोन बार्तामा सो प्रतिबद्दता जनाएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।चीनले भन्यो, ‘तेहरानलाई आफ्नो वैध अधिकार र हितको रक्षा गर्न सहयोग गर्नेछ ।’

विदेशमन्त्री वाङ यीले शनिबार इरानी विदेशमन्त्रीसँग फोनवार्ता गरेर स्थितिको जानकारी लिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।

सो पत्रिकाका अनुसार इरानमाथि इजरायलले आक्रमण गरेपछि चीनले तुरुन्तै आफ्नो अडान स्पष्ट गरेको वाङले बताएका छन ।

चीनले इरानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लङ्घन गरेको भन्दै इजरायलको स्पष्ट निन्दासमेत गरेको छ। वाङले इरानी अधिकारीहरूलाई लक्षित गरी सर्वसाधारणको ज्यान लिने क्रूर आक्रमणको चीन दृढताका साथ विरोध गर्ने र इरानको राष्ट्रिय सार्वभौमसत्ताको रक्षा गर्न, आफ्नो वैध अधिकार र हितको रक्षा गर्न र जनताको सुरक्षामा इरानलाई समर्थन गर्ने पनि स्पष्ट पारेको छ।

उता, वाङले इजरायली विदेशमन्त्री गिडोन सारसँगको टेलिफोन बार्तामा इरानमाथि इजरायलको बलियो आक्रमणको विरोध गरेको स्पष्ट पारेका छन । यस वक्तव्यमार्फत चीनले पश्चिम एसियामा बढ्दो तनावबारे आफ्नो कूटनीतिक अडान स्पष्ट गरेको छ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  १२ : ४६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क