१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

गण्डकी प्रदेशले ल्यायो ३१ अर्ब ९८ करोडको बजेट



पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आवका लागि ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै चालुतर्फ १२ अर्ब ६३ करोड अर्थात् ३९ दशमलव ५ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात् ५९ दशमलव ७ प्रतिशत हो ।

वित्तीय व्यवस्थापनका लागि २५ करोड विनियोजन गरिएको छ ।

७ अर्ब ७३ करोड रुपैयाँ वित्तीय समानीकरणबाट प्राप्त हुँदा ९ अर्ब २९ करोड राजश्व बाँडफाँटबाट प्राप्त हुने सरकारको अनुमान छ ।

आन्तरिक आम्दानी ५ अर्ब ४५ करोड हुने र १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणबाट उठाइने अर्थ मन्त्रीले बताए । नपुग सवा २ अर्ब रुपैयाँ चालु आवको बजेटबाट खर्च नभई सञ्चित कोषमा रहने अर्थमन्त्री गुरुङले बताए ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ६ : ५३ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा