२७ जेष्ठ २०८३, बुधबार | June 11, 2026

सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहको सरकारबीच सहकार्य जरुरी : मन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताएका छन ।

मन्त्रायले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस-२०८२ को समीक्षा तथा प्रशंसा-पत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रविधिको विकास स्थानीय तहसम्मै व्यापक हुनुपर्नेमा जोड दिए ।

उनका अनुसार आइटी दिवसलाई सरकारले उत्सवका रुपमा मनाउनुपर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।

“यो दिवस देशभर उत्सवका रुपमा मनाउनुपर्छ, नयाँ जनशक्तिको हौसला बढाउनका लागि थप गतिविधिहरु बढाउन आवश्यक छ”, मन्त्री गुरुङले भने ।

नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले सरकारले डिजिटल नेपाल फ्रेमवर्क (डिएनएफ)को मस्यौदा अन्तिम चरणमा रहेको उल्लेख गरे । “सरकार सूचना प्रविधि क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार निर्माणमा तयार छौँ, यसका लागि निजी क्षेत्रको सहकार्य जरुरी छ ।”

मन्त्रालयका सचिव राधिका अर्यालले आइटी क्षेत्रमा युवा प्रोत्साहन गर्न मन्त्रालयले आइटी इन्टर्नसिपका लागि बजेट नै छुट्याएको बताइन । कार्यक्रममा सहभागी सरोकारवालाले प्रदेश र स्थानीय तहको सहकार्यमा यस क्षेत्रको विकास गर्न सुझाव दिए ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ४ : ४६ बजे

कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवम् सदस्यता व्यवस्थापन केन्द्रीय समितिका

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतको सबैभन्दा लामोसमय प्रधानमन्त्री पदमा

यस्तो रहनेछ आज राती र भोलिको मौसम

काठमाडौँ । पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द

मुस्ताङ । स्याउको राजधानीका रूपमा परिचित मुस्ताङका किसानलाई स्याउखेती गर्न