३ पुस २०८२, बिहिबार | December 18, 2025

पच्चीस चलचित्र निर्मातालाई सम्मान गरिने



काठमाडौँ । चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा धेरै कमाइ गर्ने २५ चलचित्र निर्मातालाई सम्मान गर्ने भएको छ । बोर्ड स्थापना भएको वर्ष विसं २०५७ असार १६ देखि विसं २०८२ जेठ मसान्तसम्म धेरै कमाइ गर्ने चलचित्रका निर्मातालाई उक्त सम्मान प्रदान गर्न लागिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।

“बोर्डको पच्चीसौँ स्थापना दिवसको अवसर पारेर हामीले २५ चलचित्र निर्मातालाई सम्मान गर्ने छौँ । यसका लागि न्यूनतम रु पाँच करोडभन्दा धेरै कमाइ भएको चलचित्रका निर्माताले प्रमाण खुल्ने कागजातसहित सात दिनभित्र बोर्डमा निवेदन दिनुपर्ने छ । व्यक्तिगत लगानीबाट चलचित्र क्षेत्रलाई योगदान पु¥याएकालाई यस कार्यले हौसला मिल्ने हाम्रो विश्वास छ”, उनले भने ।

उनले निवेदनसँगै सम्बन्धित वर्षको चलचित्र निर्माण कम्पनीको लेखापरीक्षणको कागजपत्र र वितरकले निर्मातालाई भुक्तानी गरेको प्रमाण खुल्ने कागजात्र पेस गर्नुपर्ने बताए ।

अध्यक्ष डिसीका अनुसार आगामी असार १६ गते उक्त सम्मान प्रदानसँगै ‘रियलटाइम बक्सअफिस’को सुरुआत, बोर्डका सेवालाई अनलाइनबाट प्रदान गर्नेलगायतका कार्य सुरुआत गरिने छ ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ९ : ३५ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा