३ पुस २०८२, बिहिबार | December 18, 2025

रवीन्द्र मिश्र अदालतमा हाजिर, थुनछेक बहस जारी



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् ।

सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दावाट रिहाइ भएपछि सम्पर्कबिहिन भएका भनिएका मिश्र आज अदालतमा हाजिर भएका हुन्।

उनी काठमाडौं जिल्ला अदालतमा हाजिर भएसँगै उनको मुद्दामा थुनछेक बहस सुरू भएको छ।

यसअघि राप्रपा महामन्त्री धवल शमशेर राणा पनि अदालतको सम्पर्कमा नआए पछि खोजी सुरू भए पछि हिजो अदालतमा उपस्थित भएका थिए । उनी माथीको थुनछेक बहस पछि हिजो नै ३ लाख धरौटीमा रिहा भइसकेका छन् ।

गत चैत १५ गते तीनकुने, काठमाडौंमा भएको राजावादी आन्दोलनको क्रममा उपद्रव मच्चाएको आरोपमा मिश्र र राणालाई सोही राती पक्राउ गरिएको थियो ।

 

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ११ : ०१ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन