७ आश्विन २०८३, बुधबार | September 23, 2026

बहुसंख्यक अमेरिकीद्वारा इजरायल-इरान युद्धमा अमेरिकी संलग्नताको विरोध



काठमाडौं । इजरायलले इरानमाथि गरेको आक्रमणपछि अमेरिका समेत सो आक्रमणमा संलग्न हुने अड्कलबाजीहरु चलिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आत्मसमर्पणको चेतावनी दिँदै युद्धमा सहभागी हुने संकेत गरेका छन् । तर बहुसंख्यक अमेरिकीहरु भने इजरायलले सुरु गरेको युद्धमा सहभागी बन्न नहुने राय प्रकट गरेका छन् ।

अति दक्षिणपन्थीहरु इरानविरुद्ध आक्रमणको पक्षमा भए पनि अमेरिका प्रत्यक्ष संलग्न हुन नहुनेमा भने धेरैले राय व्यक्त गरेका छन् । अतिदक्षिणपन्थी वृत्तमा इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहु लोकप्रिय रहेका छन् ।

यु गोभ (YouGov)को सर्वेक्षणमा सहभागी ६० प्रतिशत अमेरिकीहरूले अमेरिकी सेना हालको युद्धमा संलग्न हुननहुने भन्ने सोच्दछन् । केवल १६ प्रतिशतले अमेरिकीले मात्र इजरायको पक्षमा इरान विरुद्ध युद्धमा संलग्नता हुनपर्ने पक्षधरता लिएका छन् । यस्तै २४ प्रतिशत अमेरिकीहरु भने के गर्ने नगर्ने भन्नेमा निश्चित छैनन् ।

डेमोक्र्याटहरूमध्ये अमेरिकी हस्तक्षेपको विरोध गर्नेहरू ६५ प्रतिशत छन् । ५३ प्रतिशत रिपब्लिकनहरू पनि इरान विरुद्ध युद्धमा संलग्न हुन नहुनेमा रहेका छन् । ६१ प्रतिशत स्वतन्त्रहरूले अमेरिकी संलग्नताको विरोध गरेका छन् ।

सर्वेक्षणका अनुसार आधा अमेरिकीहरूले इरानलाई अमेरिकाको शत्रुको रूपमा हेर्छन् । २५ प्रतिशतले भने यस विषयलाई असंवेदनशील मानेका छन् ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ९ : ५३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज