काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी-२० सिरिजमा नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जितेको छ । स्टकल्यान्डको ग्लासोमा टस जित्दै नेपालले आफूले फिल्डिङ रोज्दै नेदरल्यान्ड्सलाई पहिलो ब्याटिङको निम्तो दिएको हो ।
यसअघिका २ मध्ये १ मा जित र १ मा हार बेहोरेको नेपाल २ अंकका साथ तेस्रो स्थानमा छ । नेपाली टोलीमा मंगलबार स्कटल्याण्डसँग खेलेका ३ खेलाडी परिवर्तन भएका छन् । स्कटल्याण्डसँग खेलेका किरण ठगुन्ना, बसिर अहमद र अनिल साह बेन्चमा रहँदा भीम सार्की, आरिफ शेख र आसिफ शेखले टोलीमा मौका पाएका छन् ।
सिरिजको अन्तिम खेल खेल्दै गरेको नेदरल्याण्ड्स ४ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । स्कटल्याण्ड दोस्रो स्थानमा छ ।
सिरिजको पहिलो भेटमा सोमबार नेदरल्याण्ड्सले नेपालमाथि रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो सुपर ओभरमा नतिजा निस्केको खेलमा नेदल्याण्ड्स विजयी भएको थियो ।
नेपालले सिरिजको अन्तिम खेलमा शुक्रवार स्कटल्याण्डसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगपछि शीर्ष टोली च्याम्पियन बन्नेछ ।


















प्रतिक्रिया