१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

‘यातायात क्षेत्रका समस्या समाधानमा सबैको सहयोग आवश्यक छ’



जनकपुरधाम । मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री कौशलकिशोर रायले दैनिक रुपमा बढ्दै गएको सवारी दुर्घटना तथा यातायात क्षेत्रमा देखिएको समस्या समाधान सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।

यातायात व्यवस्था कार्यालय धनुषा, जनकपुरधामद्वारा आज जनकपुरमा आयोजित ट्राफिक प्रहरी र स्थानीय चुनौती बनेको बताए । प्रदेश सरकारलाई सबैभन्दा बढी राजस्व यातायात कार्यालयबाट आएको जानकारी दिँदै मन्त्री रायले करको सदुपयोग प्रदेशको समृद्धिमा उपयोग गरिने बताए । कार्यालयले ११ महिनामा रु ५८ करोड ६९ लाख राजस्व सङ्कलन गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्य, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चतुर्वेदी, मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी र यातायात कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले सडक सबैको साझा हो भन्ने भावनाका साथ सडकमा सवारी साधन सञ्चालन गर्नुपर्ने बताए । जथाभावी पार्किङ गर्ने, खन्नेखोस्रने र सडक अवरोध नगर्ने उहाँहरूको आशय थियो ।

त्यस अवसरमा नेपाल पत्रकार महासङ्घ धनुषा जिल्लाध्यक्ष पुरन साहले ट्राफिक सचेतनासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ३ : ३६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा