३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बुटवल कालिका क्याम्पसद्वारा आयोजित पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न



बुटवल । बुटवल कालिका क्याम्पसको आयोजनामा पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । ‘स्थानीयकरणमा दिगोपनाका लागि ज्ञान र अभ्यासको सेतुः व्यवस्थापन तथा सामाजिक विज्ञान’ विषयक पहिलो राष्ट्रिय सम्मेलन सम्पन्न भएको हो ।

दुई दिने सम्मेलनमा त्रिभुवन विश्वविद्यालय, कोलम्बिया विश्वविद्यालयलगायत देश-विदेशका ख्यातिप्राप्त शैक्षिक संस्थाबाट प्राध्यापक, अनुसन्धानकर्ता तथा नीति विश्लेषकहरूले सक्रिय सहभागिता जनाएका थिए ।

सम्मेलनको समापनमा बोल्दै प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रो डा महानन्द चालिसेले सम्मेलनमा प्रस्तुत गरिएका अनुसन्धानहरूले स्थानीयकरणमा दिगोपना पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने बताए । साथै सम्मेलनमा प्रस्तुत गरिएका अनुसन्धानहरूलाई प्रकाशन गर्न समेत आग्रह गरे ।

त्यस्तै त्रिभुवन विश्वविद्यालयका प्रो डा शिव भुसालले शैक्षणिक विधि र अनुसन्धान लाई समाजसँग जोडेर लैजानुपर्नेमा जोड दिए साथै उनले समाजका विषयवस्तुलाई पाठ्यक्रममा जोड्नुपर्ने आवश्यकता समेत औल्याए । त्यस्तै प्रो डा जीवलाल सापकोटाले सम्मेलनमा जल्दोबल्दो विषयका अनुसन्धानहरू प्रस्तुत भएको बताए ।

सम्मेलनलले सामाजिक विज्ञान र व्यवस्थापन क्षेत्रका सिद्धान्त र व्यवहारबीचको दूरीलाई घटाउँदै स्थानीय तहमा दिगो विकासका लागि ज्ञानको प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा महत्वपूर्ण बहसको वातावरण निर्माण गरेको क्याम्पसका अध्यक्ष होम बहादुर गलामीले बताए ।

कालिका क्याम्पसका प्रमुख घनश्याम पाठकले सम्मेलनले अनुसन्धान, शिक्षण र नीतिगत अभ्यासबीच सशक्त सहकार्यको सुरुवात गर्ने विश्वास व्यक्त गरे ।

सम्मेलनको निष्कर्ष तथा कार्ययोजना निकट भविष्यमै सम्बन्धित नीतिगत तहमा पेश गरिनेछ र त्यसले दिगो स्थानीयकरणमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । दुई दिने सम्मेलनमा वैज्ञानिक प्रस्तुतिहरू र अन्तरक्रियात्मक छलफलहरू भएको कार्यक्रम संयोजक कृष्ण पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  ५ : ४१ बजे

इरानद्वारा साउदी अरबस्थित एयरबेसमा आक्रमण, अमेरिकी वायुसेनाका ५ विमान क्षतिग्रस्त

पश्चिम एशियामा चलिरहेको इरान र अमेरिका इजरायलबीचको युद्ध झन खतरनाक

काठमाडौं महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य

समानुपातिक सांसद चयनका लागि एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर ।भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

गोकुल बास्कोटाले शेरबहादुर तामाङलाई लगाए ‘चरम अवसरवादी पात्र’को आरोप

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीकै अर्का नेता