१८ माघ २०८२, आइतबार | February 1, 2026

भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार



काठमाडौँ । भारतको उत्तराखण्डको काशिपुरमा आकर्षक जागिरको प्रलोभनमा नेपालका विभिन्न जिल्लाबाट बोलाइ बन्दी बनाइका ३५ युवाको उद्धार गरिएको छ ।

बन्दी बनाएर कुटपिट र यातना दिइ विभिन्न शीर्षकमा रकम असुलेको जानकारी आएपछि परराष्ट्र मन्त्रालयको निर्देशनबमोजिम उद्धार गरिएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । उनीहरुलाई राजदूतावासले उत्तराखण्ड प्रहरी र ‘किन इण्डिया’ नामक सामाजिक संस्थाको सहयोगमा उद्धार गरेको हो ।

उक्त घटनासँग सम्बन्धित केही व्यक्तिलाई उत्तराखण्ड प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको र उत्तराखण्डको अन्य स्थानमा बन्दी बनाइएका, थप नेपाली युवाको खोजी र उद्धार जारी रहेको दूतावासले जनाएको छ । साथै उद्धार गरिएकाहरुलाई कानुनी प्रक्रिया सम्पन्न गरी नेपाल पठाइने जनाइएको छ ।

प्रकाशित मिति : ७ असार २०८२, शनिबार  १० : २० बजे

मुग्लिन–मलेखु सडकको काम तीन वर्षमा ३७ प्रतिशत मात्र

चितवन । पृथ्वी राजमार्गअन्तर्गतको नागढुङ्गा–मलेखु सडकको काम सम्झौताअनुसार भएको भए

भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले भेनेजुएलाको तेल किन्नका

बाँकेमा निर्वाचन आचासंहिता पालनामा कडाइ

नेपालगन्ज । निर्वाचन आचारसंहिता पालना गर्न बाँकेमा कडाइका साथ निगरानी

तल्लो सेती जलविद्युत् आयोजना : पहुँच सडक निर्माण सुरु

दमौली । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाट

आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक